
सर्लाही । सर्लाहीमा ८ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ ।
स्वास्थ्य कार्यालय सर्लाहीमा मंगलबार आयोजित हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानको जिल्लास्तरीय अन्तरक्रियामा त्यसबारे जानकारी दिइएको हो। जिल्लाभरिबाट दुई वर्ष उमेर समूहभन्दा माथिका आठ लाख २४ हजार ६ सय ७१ जनालाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराउन लागिएको कार्यालय प्रमुख डा नवलकिशोर झाले जानकारी दिनुभएको छ ।
राष्ट्रव्यापी कार्यक्रमअन्तर्गत वैशाख १६ गतेबाट २९ गतेसम्म अभियान सञ्चालन गरिने भएको छ । अभियानमा पाँच सय २५ जना स्वास्थ्यकर्मी र एक हजार तीन सय २६ जना महिला स्वास्थ्य स्वयमसेवीका गाउँगाउँमा परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार गतवर्ष जिल्लामा ७ लाख ६२ हजार छ सय ८४ जनालाई हात्तीपालेविरुद्धको औषधि खुवाइएको थियोे । गर्भवती, सात दिनसम्मका सुत्केरी, गम्भीर किसिमका बिमारीलगायतले भने यो औषधि सेवन गर्न नहुने डा झाको भनाइ छ । हात्तीपाइले रोगबाट बच्न अन्य सबैले अनिवार्य रुपमा औषधि सेवन गर्नुपर्ने उहाँको भनाइ छ ।
औषधि सेवनका क्रममा जिल्लामा अहिलेसम्म कुनै किसिमको गम्भीर समस्या नदेखिएकाले निर्धक्क भएर अभियानमा सहभागी भई औषधि सेवन गर्न सबैमा स्वास्थ्य कार्यलय सर्लाहीले आग्रह गरेको छ ।
जिल्लाका शतप्रतिशतलाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको हो । यो अभियानअन्तर्गत देशभरीका सात जिल्लामा औषधि खुवाउन लागिएको हो । त्यसमध्ये मधेसमा सर्लाहीसहित चार जिल्लामा यो अभियान सञ्चालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन