
काठमाडौँ । फरक शारीरिक क्षमता भएका (होचापुड्का) सागर सुनार (विश्वकर्मा) ले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गर्नुभएको छ । केवल तीन फुट सात इञ्च मात्र उचाइ भएका कास्कीको मादी गाउँपालिका–११ का ३० वर्षीय सुनारले सगरमाथा आरोहण गर्न लाग्नुभएको हो ।
सगरमाथा आरोहण तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सगरमाथा आरोहण गरेर विश्वमा फरक क्षमता भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन चाहेको बताउनुभयो । उहाँले सगरमाथा आरोहणको अनुमति लिएर एक साताभित्र सगरमाथाको आधार शिविर जाने बताउनुभयो । सगरमाथाको आरोहण गर्नुअघि लोबुछे पिकको आरोहण गर्ने उहाँको योजना छ ।
बुकिङ ओन प्रालिमार्फत सगरमाथा आरोहणमा जान लाग्नुभएका उहाँले अहिले आर्थिक जोहोलगायत तयारी गरिरहेको जानकारी दिनुभयो । “सगरमाथा आरोहण गर्ने मेरो सानैदेखिको सपना थियो, सन् २०२२ मा प्रयास पनि गरे तर प्रतिकूल मौसमका कारण सगरमाथाको चौथो शिविरबाट फर्कनु प¥यो । अहिले पुनः आरोहणको तयारीमा छु, सगरमाथाको चुचुरोमा पुगेर आफूजस्ता व्यक्तिले पनि केही गर्न सक्छन् भन्ने सन्देश विश्वभर प्रवाह गर्ने उद्देश्यले सगरमाथाको चुचुरोतर्फ पाइला अगाडि बढाएको हुँ,” आरोही सुनारले भन्नुभयो ।
दिदी उर्मिला सुनारको प्रेरणाले सगरमाथा चढ्ने आँट आएको सागर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीजस्ता फरक क्षमता भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण नराम्रो छ । उनीहरुको प्रतिनिधित्व गर्दै म सगरमाथाको चुचुरोमा पाइला टेक्न चाहन्छु ।”
भाइ सागरको आरोहणलाई आर्थिक जोहो गरिरहनुभएको दिदी उर्मिलाले आर्थिक सहयोगका लागि ‘सागर शिखर संस्था’ स्थापना गरेर आर्थिक सहयोग जुटाउने अभियान चलाइरहेको बताउनुभयो । सागरको सगरमाथा चढेर देशको झन्डा फहराउँदै विश्व रेकर्ड राख्ने चाहना छ । सागरले यसअघि दोलखाको रामदुङ पिक ९पाँच हजार नौ सय २५ मिटर०को आरोहण गर्नुभएको थियो । सगरमाथासहित सातवटा महादेशका चुचुरा आरोहण गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन