
काठमाडौँ । नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’बीच समाचार आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।
नेपालका लागि कतारका राजदूत मिशाल बिन मोहम्मद अल अन्सारी नेतृत्वको प्रतिनिधिमण्डलको आज रासस केन्द्रीय कार्यालय अवलोकनका क्रममा छलफल भएको हो ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राजदूत अन्सारीलाई स्वागत गर्दै राससले गर्ने समाचार उत्पादन र सम्प्रेषण प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । राजदूत अन्सारीले स्वागतका लागि आभार व्यक्त गर्दै दुवै समाचार एजेन्सीबीच समाचार सहयोग आदानप्रदान गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो ।
दुवै समाचार एजेन्सीबीच एकआपसमा समाचार आदानप्रदान गर्ने सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अघि बढेको छ । सो अवसरमा रासस र ‘कतार न्यूज एजेन्सी’बीच समाचार आदानप्रदान सम्झौता गर्नेलगायत विषयमा छलफल भएको राससका नायब महाप्रबन्धक सोमनाथ लामिछानेले जानकारी दिनुभयो ।
कार्यालय अवलोकनका क्रममा उहाँलाई राससका प्रमुख समाचारदाता उत्तम सिल्वालले समाचार सङ्कलनको प्रक्रिया र प्रधानसम्पादक एकराज पाठकले समाचार सम्प्रेषणबारे जानकारी गराउनुभएको थियो ।
भेटघाटमा राससका महाप्रबन्धक सिद्धराज राई, नायव महाप्रबन्धकद्वय राजु शाक्य र श्यामप्रसाद रिमाल उपस्थित हुनुहुन्थ्यो । राजदूत अन्सारीका साथ कतारको सञ्चार मन्त्रालयका निर्देशक शेख अल हरिथ सुहैम अल थानी, मन्त्रालयकै अली अब्दुल्ला एजे अल तमिमी र दूतावासका द्वित्तीय सचिव नासेर घानिम सहभागी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन