
गोकुलेश्वर। दार्चुलामा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी टीम गोकुलेश्वरले हात पारेको छ । जिल्लाको महाकाली नगरपालिका—७ धापका युवाहरुको आयोजनामा‘ राष्ट्रका लागि खेल, स्वस्थ्यका लागि खेल, लागुऔषध नियन्त्रणका लागि खेल’ भन्ने मुल नाराका साथ यही १ गतेदेखि सञ्चालन भएको खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिता उपाधी टीम गोकुलेश्वरले हात पारेको हो ।
खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी शैल्यशिखर नगरपालिका—९ स्थित गोकुलेश्वरबाट गएका खेलाडीद्धय प्रकाश बिष्ट र सुरेश बिष्टको जोडीले जितेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाको टीमलाई सोझो सेटमा पराजित गर्दै बिष्टद्धयको टीमले प्रतियोगिताको उपाधी हात पारेको हो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टीम गोकुलेश्वरले नगद २२ हजार २ सय २२ रुपैयाँ नगद, प्रमाणपत्र पाएको छ भने दोस्रो स्थान हात पारेको जिप्रका दार्चुलाको टीमले ११ हजार १ सय ११ रुपैयाँ सहित प्रमाणपत्र र मेडल पाएको छ ।
प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह