
गण्डकी । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा आजदेखि पोखरामा चौथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको तयारी पूरा भएको मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा ८, ९, १०, १२, १४ र १६ वर्षमुनि छात्र तथा छात्रा एकल, डबल्स गरी विभिन्न १४ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक लोक गुरुङले जानकारी दिए । एकलतर्फ विजेताले १५ हजार तथा उपविजेताले ७ हजार ५ सय रुपैयाँसहित मेडल प्राप्त गर्ने छन् ।
छात्र तथा छात्रा ओपन डबल्सतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँसहित मेडल प्राप्त गर्ने आयोजक संघका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिनुभयो ।
चौध वर्ष एकलतर्फ विजेताले १० हजार तथा उपविजेताले पाँच हजार रुपैयाँ सहित मेडल प्राप्त गर्ने छन् । बाह्र वर्ष उमेर एकलतर्फ विजेताले आठ हजार तथा उपविजेताले चार हजार रुपैयाँसहित मेडल प्राप्त गर्ने छन् ।
प्रतियोगितालाई कुमार मोहनबहादुर शाहीले आफ्ना नाति नातिनीको नामबाट मुख्य प्रायोजन गरेका छन् । पोखरासहित काठमाडौँ, चितवन, बुटवलका खेलाडीले भाग लिने प्रतियोगिता निर्देशक कुमार अधिकारीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा सङ्घ कास्कीका सदस्य प्रिति बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेलले प्रतियोगिताबारे आफ्नो धारणा राखेका थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘राजतन्त्र ब्युँताउनु दिवास्वप्न’
- नगरकोट भ्रमण वर्षमा एक लाख पर्यटक
- शिक्षकहरुको माग सम्बोधन हुनेगरी शिक्षा विधेयक ल्याइने
- विश्वकप एशिया छनोटः नेपालसँग हङकङ् पराजित
- राष्ट्रपतिद्वारा संसद् अधिवशेन आह्वान
- सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध
- सगरमाथा क्षेत्रमा पर्यटक वृद्धिः चैतमा १२ हजार भित्रिए
- रामेछापबाट लुक्ला उडेको जहाज आकस्मिक अवतरण गर्दा त्रिभुवन विमानस्थल अवरुद्ध
- सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
- सुनसरीमा गाँजा तस्करद्वारा गोली प्रहार, तीनजना पक्राउ