+

सुपर लिगमा ललितपुरको पहिलो हार

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई हराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा इलामले ललिपुर सिटीलाई १–० ले हराएको हो । सुपर लिगमा ललिपुर सिटीले पहिलो हार व्यहोर्नु परेको हो । 

खेलको ५९ औं मिनेटमा इलामका फोडे कमराले गोल गरेका थिए । कमराको त्योसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । ७ खेल खेलेको ललितपुर १० अंकसहित तेस्रो स्थानमा छ ।

यो जितसँगै प्रतियोगिता टुंग्याएको इलाम भने ८ खेलबाट ८ अंकसहित पाँचौं स्थानमा पुगेको छ । यद्यपि लिगमा  इलामले अहिलेको स्थानमा कायम राख्दैन ? भन्ने अरु खेलले निर्भर गर्नेछ  ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै