
काठमाडौँ । स्पानिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । भ्यालेन्सियाको मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग १, १ को बराबरी खेलेको छ । बार्सिलोनाले पहिले अग्रता लिएपनि जोगाउन नसक्दा अंक बाँड्नुपरेको हो ।
जाओ फेलिक्सले ५५औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ७०औं मिनेटमा ह्युगो गुइलामोनले भ्यालेन्सियाको लागि बराबरी गोल गरे । १७ खेलबाट ३५ अंक जोडेर बार्सिलोना तेस्रो स्थानमा पुगेको छ । एट्लेटिको मड्रिड एथ्लेटिक विल्वाओसँग २(० ले पराजित भएपछि बार्सिलोनालाई फाइदा पुगेको हो ।
बार्सिलोना शीर्ष स्थानको जिरोनाभन्दा ६ र दोस्रो स्थानको रियल मड्रिडभन्दा ४ अंकले पछि छ । दुवैले एक खेल कम खेलेका छन् । एट्लेटिको मड्रिड १६ खेलबाट ३४ अंकसहित चौथो स्थानमा छ । विल्वाओ १७ खेलबाट ३२ अंकसहित पाँचौ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह