
कैलाली । धनगढी स्पोर्टस् क्लब धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी स्पोर्ट्स क्लब खप्तड इन्डोर स्पोर्टस् ट्रेनिङ सेन्टरलाई ६७ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
यसअघि नै समूह ‘बी’ बाट युथ अफ टीकापुर, समूह ‘सी’बाट घोडाघोडी क्रिकेट एकेडमी र समूह ‘डी’ बाट सत्यवती एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेका छन् । धनगढी स्पोर्ट्स क्लबले दिएको एक सय ६४ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोरले १९ दशमलव तीन ओभरमा ९६ रन बनाउँदा सबै विकेट गुमायो । प्लेयर अफ द म्याच घोषित भएका भुवन कार्कीले आठ विकेट लिने क्रममा चार ओभरमा १८ रन खर्चिए । त्यस क्रममा कार्कीले इनिङ्सको पन्ध्रौँ ओभरमा तीन विकेट तथा सत्रौँ ओभरमा चार विकेट लिएका थिए ।
खप्तड इन्डोर स्पोर्ट्सको ब्याटिङमा अभिषेक थापाले सर्वाधिक ४२ रन तथा प्रकाश पाण्डेले ३० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । यसअघि टस हारेर ब्याटिङ गरेको धनगढी स्पोर्ट्स क्लबले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६३ रन बनायो ।
धनगढी स्पोर्ट्सको लागि ओपनर सुनिल धमलाले अर्धशतकीय योगदान दिए । धमलाले ५० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । कप्तान भुवन कार्कीले ३६, प्रनित थापाले २६ तथा अमरसिंह रौटेलाले अविजित १२ रन योगदान दिए । धमलाले दोस्रो विकेटका लागि भुवन कार्कीसँग ८४ रनको तथा तेस्रो विकेटको लागि प्रनित थापासँग ५४ रनको साझेदारी गरे ।
खप्तड इन्डोर स्पोर्ट्सको बलिङमा रवि विष्ट र आर्यन विष्टले दुई–दुई विकेट तथा वीरेन्द्र बमले एक विकेट लिए । लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको सो प्रतियोगिताको उपाधि विजेताले रु दुई लाख ५५ हजार र उपविजेताले रु एक लाख २८ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’