+

भारतविरूद्धको दोस्रो टी-२० मा दक्षिण अफ्रिकाको जित

एजेन्सी ।  भारतविरूद्धको दोस्रो टी-२० खेलमा घरेलु टिम दक्षिण अफ्रिकाले डिएलएस मेथडमा ५ विकेटको जित निकालेको छ। 

पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १८० रन जोडेको थियो। भारतका लागि कप्तान सूर्यकुमार यादवले ५६ रन र रिंकु सिंहले ६८ रन जोडेका थिए। 

वर्षाका कारण १५ ओभरमा १५२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। दक्षिण अफ्रिकाका लागि रीजा हेनरिक्सले ४९ रन जोडे भने कप्तान एडिन मक्रमले १७ बलमा ३० को योगदान गरे। 

यसअघि पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। अब भोलि तेस्रो तथा अन्तिम टी-२० हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै