
एजेन्सी । एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो ।
एसियाली विकास समीक्षा डिसेम्बर २०२३ले तेस्रो त्रैमासिकमा घरायसी उपभोग र सार्वजनिक लगानीमा वृद्धि गरेपछि चीनको अर्थतन्त्र यस वर्ष ५.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ ।
क्षेत्रीय अर्थतन्त्र भने यस वर्ष ४.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । जुन अघिल्लो बर्षको सेप्टेम्बरमा ४.७ प्रतिशतको प्रक्षेपण गरिएको थियो । आगामी वर्षको लागि भने ४.८ प्रतिशत प्रक्षेपण कायम गरिएको छ ।
उद्योगमा दोहोरो अङ्कको वृद्धिसँगै जुलाई–सेप्टेम्बरमा अर्थतन्त्रको अपेक्षितभन्दा धेरै विस्तार भएपछि भारतको वृद्धिको दृष्टिकोण ६.३ प्रतिशतबाट बढेर ६.७ प्रतिशत पुगेको छ । एडिबीको प्रतिवेदनअनुसार चीन तथा भारतको स्तरवृद्धिमा उत्पादन क्षेत्रको कमजोर भुमिका देखापरेका कारण दक्षिणपूर्वी एसियाको प्रक्षेपण प्रभावित भएको हो ।
उत्पादित सामानको कमजोर निर्यात तथा न्युन मागका कारण यस वर्ष दक्षिणपूर्वी एसियाको वृद्धिदर ४.६ प्रतिशतबाट घटेर ४.३ प्रतिशतमा झरेको छ । प्रतिवेदनका अनुसार मध्य एसियामा अर्थतन्त्रको दृष्टिकोण थोरै बढेको छ भने प्रशान्त क्षेत्रको अर्थतन्त्रका लागि गरिएका अनुमानहरू सबै जसो अपरिवर्तित छन् ।
नतिजा प्रभावित हुनुलाई संयुक्त राज्य अमेरिकालगायत उन्नत अर्थतन्त्रमा लगातार बढेको ब्याज दरहरू जिम्मेवार देखिएका छन् । यसले कमजोर क्षेत्रका अर्थतन्त्रमा उच्च ऋण भएकाहरूमा वित्तीय अस्थिरतामा योगदान पु¥याउन सक्छ ।
“विकसित एशियाले चुनौतीपूर्ण विश्वव्यापी वातावरणको सामनाका बाबजुद पनि बलियो गतिमा वृद्धि भइरहेको एडिबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले बताउनुभएको छ । उहाँका अनुसार यस क्षेत्रमा मुद्रास्फीति पनि बिस्तारै नियन्त्रणमा आउँदैछ । उच्च विश्वव्यापी ब्याज दरदेखि एल निनो जस्ता जलवायु घटनाहरू सम्म जोखिमहरू बढ्दै छन् । एशिया तथा प्रशान्त क्षेत्रका सरकारहरूले आफ्नो लचिलो अर्थतन्त्र वृद्धि सुनिश्चित गर्न सतर्क रहनु आवश्यक छ ।
चालु वर्षको लागि यस क्षेत्रको मुद्रास्फीति दर अघिल्लो ३.६ प्रतिशतको प्रक्षेपणबाट ३.५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष ३.५ प्रतिशतको प्रक्षेपणको बावजुद आगामी वर्ष मुद्रास्फीति ३.६ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।
एल निनो मौसम ढाँचा वा रूस–युक्रेन द्वन्द्वको कारणले हुने सम्भावित खाद्य र ऊर्जाको आपूर्ति अवरोधहरूले पनि मुद्रास्फीतिलाई पुनःजगाउन सक्ने सन्दर्भ प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री