
काठमाडौँ। जिम्बाब्वेमा खडेरीको कारण कम्तिमा एक सय हात्ती मरेका छन् ।
जिम्बाब्बे स्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तरराष्ट्रिय पशु कल्याण तथा संरक्षण समुहले सोमबार जनाएको छ ।
पशु कल्याणको लागि अन्तरराष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञप्ति अनुसार खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्य भन्दा ५ साता ढिलो शुरु भएको छ । जसका कारण करिब ४५ हजार हात्तीको बास स्थान रहेको जिम्बाब्वेको सबैभन्दा ठूलो संरक्षित क्षेत्र ह्वान्गे राष्ट्रिय निकुञ्जमा दर्जनौं हात्ती मरेका छन् । कम्तीमा पनि एक सय हात्ती पानीकै अभावका कारण मृत्यु भएको कोषले उल्लेख गरेको छ ।
संस्थाको पार्कमा रहेका १ सय ४ सौर्य उर्जाबाट चल्ने बोरहोल चरम तापक्रमसँग मिलाउन अपर्याप्त रहेको बताइएको छ । खडेरीले गर्दा पानीका मुहान सुक्दै गएको र वन्यजन्तुलाई खाना र पानीको खोजीमा लामो दूरीसम्म हिँड्न बाध्य पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह