
काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ । एसिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको टुंगो लागि नसकेकाले आजको खेल निकै महत्वपूर्ण रहेको छ । खेल बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
गणितीय हिसाबले समूहका चारै टिम सेमिफाइनल पुग्ने सम्भावना छ । तर नेपालका लागि भारत निकै कठिन प्रतिद्वन्द्वी हो । उसले पहिलो खेलमा अफगानिस्तानलाई हराए पनि दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।
नेपालले भने आफ्ना सुरुवातका दुवै खेल हारेको छ । पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । आजै हुने अर्को खेलमा पाकिस्तानले अफगानिस्तानको सामना गर्नेछ ।
पाकिस्तानले ठूलो अन्तरले अफगानिस्तानलाई हराएमा र नेपालले पनि ठूलो अन्तरले भारतलाई हराउन सके मात्र नेपाल सेमिफाइनलमा पुग्न सक्नेछ । त्यसैले नेपाल आज जित दर्ता गर्ने लक्ष्यमा हुनेछ ।
सेमिफाइनल पुग्ने लक्ष्य राखे पनि नेपालले सुरुवातका दुवै खेल हारेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह