+

‘झापा विद्रोह’का ५ शहीदका सम्झनामा श्रद्धाञ्जलि सभा

झापा । तत्कालीन ‘झापा विद्रोह’का  ५ शहीदको स्मृति दिवसमा आज यहाँस्थित सुखानीमा भावपूर्ण श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ ।



‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि सं २०२९ फागुन २१ गते झापा र इलामको सीमानास्थित सुखानीको जंगलमा तत्कालीन पञ्चायती शासकहरुले गोली हानी  हत्या गरेका थिए । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले आज बिहान फरक फरक समयमा सुखानी सहादतस्थलमा शहीदहरुको शालिकमा माल्यार्पण गरेका हुन् । 

सुखानीका शहीदहरुको सम्झनामा नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरुले ‘फागुन २१’लाई शहीद स्मृति दिवसको रुपमा मनाउँदै आएका छन् । झापाको ज्यामिरगढी, सालबारी र गरामनीमा सुखानीका शहीदहरुको शालिक निर्माण गरिएका छन् । ती शालिकमा पनि नेकपा एमाले लगायतका कम्युनिस्ट पार्टीहरुले श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरेका छन् ।

मेचीनगर–१५ ज्यामिरगढीस्थित शहीद वीरेन राजबंशी स्मृति प्रतिष्ठानमा एमालेका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य रविन कोइरालाको नेतृत्वमा  एमालेले स्मृति सभा सम्पन्न गरेको छ ।
प्रतिष्ठान परिसरमा सहिद वीरेन राजबंशीको शालिक स्थापना गरिएको छ ।

कार्यक्रममा शहीद वीरेन राजवंशीका जेठा छोरा नेत्र राजवंशी, जेठी बुहारी बिमला राजवंशी, शहीद परिवारका सदस्य कुमार मेचे र झापा विद्रोहमा १७ वर्ष कठोर काराबास भोग्नु भएको कम्युनिस्ट योद्धा सानो दुर्गा अधिकारीलाई सम्मान गरिएको छ ।

सरकारले सुखानीमा जीवनको आहुती दिएका झापा विद्रोहका ५ योद्धालाई विसं २०७२ फागुन १९ गते राष्ट्रिय शहीको रुपमा घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै