गण्डकी

विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति गरिँदै

बागलुङ ।  विश्व बैंकको अनुदान सहयोगमा यहाँका तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन् । गत असारमा शिलान्यास गरिएका तीनवटै सडकको एकैसाथ स्तरोन्नति थालिएको हो । स्तरोन्नतिसँगै सडक कालोपत्र गर्न निर्माण व्यवसायीसँग गत जेठ २३ गते एक वर्षभित्र सम्पन्न गर्नेगरी रु ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।