
काठमाडौँ । नेपाली ‘ए’ क्रिकेट टिमले क्यानडा–११ सँग तीन खेलेको एकदिवसीय शृङ्खलाको खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी आइतबारदेखि हुने शृङ्खलाको तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार शृङ्खलाको पहिलो खेल फागुन ६ गते आइतबार हुने छ । यस्तै, दोस्रो खेल फागुन ८ गते मंगलबार र तेस्रो खेल फागुन १० गते बिहीबार हुने छ । तीन वटै खेल मूलपानीस्थित क्रिकेट मैदामा हुनेछन् ।
क्यानले गएको बुधबारमात्रै विनोद भण्डारीको कप्तानीमा नेपालको ‘ए’ टिम घोषणा गरेको थियो । क्यानले टिमको प्रशिक्षकमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र कलाम अलीलाई नियुक्त गरेको छ ।
क्यानले यो टिममा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता र यू–१९ विश्वकप खेलेका खेलाडीलाई समावेश गरेको छ ।
नेपाल ‘ए’ टिम
विनोद भण्डारी (कप्तान), प्रतिश जी.सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मायान यादव, सुजन थपलिया।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग