
पोखरा । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेसले मागेमा उपसभामुख पद परिवर्तन हुन सक्ने बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले प्रेस चौतारी कास्कीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा राजनीतिक स्थिरताको लागि उपसभामुख कांग्रेसबाट हुन सक्ने संकेत गर्नुभएको हो । ‘एमाले चाहिँ सभामुखमा छ । कांग्रेसले राजनीतिक स्थिरताका लागि उपसभामुख पद माग्यो भने शायद नेताहरुले मिलाउनु पनि पर्छ,’ उहाँले भन्नुभयो ।
मन्त्री गुरुङले सभामुख, उपसभामुख पद परिवर्तन हुनु स्वभाविक भएको समेत प्रष्ट्याउनुभयो । ‘अहिले कांग्रेस र एमालेको गठबन्धनको सरकार छ । गठबन्धनमा सहमति भयो भने उपसभामुख चेन्ज हुन सक्छ’ उहाँले भन्नुभयो– राष्ट्रपति, उपराष्ट्रपतिको पद त होइन यो । चेन्ज भइराखेको छ । सभामुख पनि चेन्ज भइराखेकै छन् ।’
सरकार प्रवक्ता गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभामुख बनेकी इन्द्रिरा रानालाई सरकारले हटाउन लाग्यो भनेर गलत हल्ला फैलाएको उल्लेख गर्नुभयो । ‘हटाइहाल्न पर्छ भनेर लागेको भए त हटाइहाल्थ्यौं नी’ उहाँले भन्नुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो