+

सहकर्मी कुटपिटविरुद्ध बटेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मी धर्नामा

काठमाडौँ । सहकर्मीमाथि भएको  कुटपिटविरुद्ध धनुषाको बटेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मीहरू पाँचदिनदेखि धर्ना बसेका छन् ।

गएको साउन २३ गते बटेश्वर गाउँपालिका(५ शान्तिपुर स्वास्थ्य चौकीमा कार्यरत सुनिता सिंहमाथि हातपात भए पनि दोषीमाथि कारबाही नभएको भन्दै  स्वास्थ्यकर्मीहरु कामकाज ठप्प गरेर सोमबारदेखि धर्ना बसेका हुन् ।

स्थानीय दारा सिंह, अली हुसैन र रवि मण्डलले हातपात गरेको स्वास्थ्यकर्मीहरुको आरोप छ । शान्तिपुर स्वास्थ्य चौकीका इन्चार्ज राजकुमार महतोका अनुसार घटना पश्चात् जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषामा दोषीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा जाहेरी समेत परेपनि दर्ता नभएको र कारबाही नगरिएको भन्दै धर्ना बस्नु परेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

तीन बुँदे माग राख्दै गाउँपालिकाका सर्म्पूण स्वास्थ्यका कर्मचारी गत सोमबारदेखि हातपात गर्नेमाथि कारबाही गर्नुपर्ने, सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र भयरहित वातावरणमा काम गर्न पाउ माग गर्दै शान्तिपुर स्वास्थ्यचौकीमा धर्ना बस्दै आएका छन् ।

शान्तिपुर स्वास्थ्य चौकीका इन्चार्ज महतोका अनुसार वास्थ्य चौकीको मूल ढोकामै रहेको पिपलको बोट सार्ने विषयमा आरोपितहरूले हातपात गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट