
काठमाडौँ । ‘सञ्चारिका अग्रणी सम्मान २०८०’ पत्रकार डा हरिकला अधिकारी र उषा लोहनीलाई प्रदान गरिएको छ ।
सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनका अवसरमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दुवै जनालाई पुरस्कार प्रदान गर्नुभयो ।
यस्तै, ‘सञ्चारिका समानता पुरस्कार, २०८०’ पत्रकार धनु विश्वकर्मालाई प्रदान गरिएको छ । हिमाल खबर पत्रिकामा प्रकाशित ‘छाउगोठमा महिनावारी बस्दा १७ वर्षमा १६ जनाको गयो ज्यान’ शीर्षकको फिचर समाचारका लागि विश्वकर्मालाई यो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको २० हजार रुपैयाँ रहेको छ ।
सञ्चारिकाले ‘स्व उमा सिंह पत्रकारिता पुरस्कार २०८०’ धनुषाको जनकपुरबाट पत्रकारिता गर्दै आएकी पत्रकार सपनाकुमारी कर्णलाई प्रदान गरेको छ । उहाँ जनकपुरको अप्पन टिभीमा कार्यरत हुनुहुन्छ । पुरस्कारको १० हजार रुपैयाँ रहेको छ ।
‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०८०’ इन्डिजिनियस टेलिभिजनमा कार्यरत पत्रकार डोल्मा शेर्पा र रातोपाटी डटकममा कार्यरत सरिता थारुलाई प्रदान गरिएको छ । उहाँहरू सबैलाई मन्त्री गुरुङले पुरस्कार प्रदान गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’