
काठमाडौँ । सप्तरी सुरुङ्गा–७ हरिपुर रामकोटकी १८ वर्षीया पुजाकुमारी रामको हत्यारालाई कारबाही गर्न माग गरिएको छ । मन्यायीक समाज नेपालले पुजाकुमारी रामको हत्यामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको हो ।
समाजका अध्यक्ष भक्त विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तिमा पूजाकुमारी घरबाट राति एक्कासि बेपत्ता भएपश्चात् घरदेखि एक किलोमिटर दक्षिणतर्फ तिनगक्षियोंमा वैशाख २ गते मङ्गलबार मृत भेटिएको घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको हो ।
समाजले दलित महिलामाथि हुने यौन हिंसा र त्यसले जन्माएको मृत्युको दुःखद् घटनाप्रति विरोध गर्दै उक्त घटनामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी हदैसम्मको कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति दिन नेपाल सरकार, प्रहरी प्रशासनसमक्ष माग गरेको छ ।
त्यसैगरी, समाजले सिरहा जिल्ला नवराजपुर गाउँपालिका–३ जगतपुर, दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदाय माथि यौन दुव्र्यवहार तथा बलात्कार प्रयासपश्चात् आफ्नै माइतीघरमा झुन्डिएको अवस्थामा वैशाख ३ गते मृत फेला परेको घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ ।
पीडितले युवा २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले जबर्जस्ती करणी गर्न प्रयास गरेपछि प्रहरीमा उजुरी दिएको तर प्रहरीले जाहेरी लिन नमानेको देखिएको छ । उक्त घटनाको गम्भीर अध्ययन गरी दोषीलाई कारबाही गर्न समाजको आग्रह छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’