
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्ट गभर्नर नियुक्त नहुँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । निवेदकहरूका अनुसार आइतबार नै पेशीमा चढाउनेगरी पूरक निवेदन सर्वोच्च प्रशासनले स्वीकार गरिसकेको छ ।
पछिल्लो समय सरकारले रिक्त गभर्नरमा भट्टलाई नियुक्त गर्ने तयारी गरिएको चर्चा चलिरहेको छ। यही बेला भट्टले राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिनुभएको छ । भट्टको राजीनामा भने स्वीकृत भइसकेको छैन । भट्टले गभर्नर बन्न आकांक्षसहित कार्यकारी निर्देशकबाट राजीनामा दिनुभएको हो । तर केही समूह भने भट्टलाई गभर्नर बन्न नदिन सक्रिय छन् ।
त्यही समूहले भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हु्न् । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्च प्रशासनमा निवेदन दर्ता गराएका हुन् ।
निवेदकहरूका अनुसार आइतबार नै पेशीमा चढाउनेगरी पूरक निवेदन सर्वोच्च प्रशासनले स्वीकार गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’