
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दर्ता नभएका फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने बताउनु भएको छ ।
सञ्चारमन्त्री गुरुङले शुक्रबार सञ्चारिका समूह, नेपालको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने प्रष्ट्याउनु भएको हो । सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने उहाँको भनाई छ ।
सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एकमहिनाको म्याद सकिन अझै केही दिन बाँकी छ ।
सञ्चारमन्त्री गुरुङले फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता अहिलेसम्म दर्ता नभएको जानकारी दिनुभएको छ । ‘दर्ताको लागि दिइएको म्याद एक महिना पुग्न २, ३ दिन बाँकी छ’ उहाँले भन्नुभयो– कोही आउँदैन, सरकारलाई नै टेर्दैन । भने त्यस्ता सञ्जालमाथि प्रतिबन्ध लाग्छ ।’
सञ्चारमन्त्री गुरुङले सामाजिक सञ्जाल सम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभइ नियमन गर्नका लागि ल्याइएको स्पष्ट पार्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’