+

नेपाललाई जितका लागि १६९ रनको लक्ष्य

काठमाडौँ । नेपाल यू–१९ लाई अफगानिस्तान यू–१९ ले जितका लागि १६९ रनको लक्ष्य दिएको छ । 


मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान यू–१९ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो ।

अफगानिस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए । उनले ११४ बल खेल्ने क्रममा एक चौका प्रहार गरे । साथै ओपनरद्वय उजैरुल्लाह नियाजाईले १९ र खालिद अहमदजाईले १० रन बनाए । उसका लागि रोहुल्ला अरबले २७ रन बनाउँदा फैजल खान सिनोजादा र बर्खत इब्राहिमजाई शून्य रनमा आउट भए । नाजिफुल्लाह अमिरीले १६, जाइतुल्लाह शाहिनले २, खातिर स्तानिकजाईल ११ रन, वाहिदुल्लाह जार्दानले ८ र हफिजुल्लाह जार्दानले ५ रनको योगदान दिए ।

नेपालका लागि सन्तोष यादवले तीन, चिवरिन श्रेष्ठ र विपिन शर्माले दुई–दुई विकेट लिए । साथै अभिषेक तिवारी र अपराजित पौडेलले एक–एक विकेट लिए ।

यू–१९ पुरुष विश्वकपको एशिया  छनोटको तयारी स्वरुप नेपाल र अफगानिस्तानबीच अभ्यास खेल्न भइरहेको हो । यसअघि बिहीवार भएको पहिलो अभ्यास खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो । दुई टोलीबीचको तेस्रो अभ्यास खेल आगामी बुधबार हुने तालिका छ । 

आगामी साता नेपालमा आयोजना हुने एशिया छनोटमा नेपाल र अफगानिस्तानसँगै हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्दैछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै