
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले रामनवमी पर्वले भगवान् श्रीरामको आदर्श, सत्य, धर्म र मर्यादाप्रतिको आस्थालाई थप सुदृढ बनाउन सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
हिन्दू धर्मावलम्बीको महान् पर्व रामनवमी, २०८१ को आज शुभकामना दिँदै उपराष्ट्रपति यादवले यो पर्वले श्रीरामले आफ्नो कर्तव्यपालन गर्दै समाजमा शान्ति, सद्भाव र न्यायको स्थापना कसरी गर्नुभयो भन्ने ग्रहणयोग्य सकारात्मक सन्देश दिएको बताउनुभयो ।
उपराष्ट्रपति यादवले श्रीरामको आदर्शलाई आत्मसात् गर्दै देश र समाजमा एकता, समृद्धि र प्रगतितर्फ अग्रसरताका लागि प्रण गर्ने अवसरका रूपमा यो पर्वलाई लिन सक्नुपर्नेमा जोड दिनुभएको छ । श्रीराम धर्म र संस्कृतिको अनुपम प्रेरकका रूपमा हिन्दू समाजमा अनादिकालदेखि प्रतिष्ठित हुनुभएको उल्लेख गर्दै उहाँले श्रीरामले शास्त्रसम्मत ज्ञानलाई आफ्नो चरित्रमा उतारेर सिङ्गो संसारलाई धर्मको पथमा हिँड्न सम्भव छ भन्ने सन्देश दिनुभएको छ ।
‘श्रीरामझैँ हाम्रो जीवन चरित्र प्रधान हुनुपर्दछ । उहाँको जीवन सत्य, धर्म र नैतिकताको प्रतीक थियो, त्यसलाई हामीले आफ्नो जीवनमा आत्मसात् गर्न सक्नुपर्दछ’ उहाँले सन्देशमा भन्नुभएको छ ।
उपराष्ट्रपतिले रामनवमीका अवसरमा गरिने भजन, कीर्तन र उपासना आमनागरिकलाई भक्ति, आध्यात्मिकताको मार्गतर्फ उन्मुख गर्दै मानिसमा नैतिकता, धार्मिकता, परोपकार एवं जनकल्याणको भावना प्रस्फुटित गराउने प्रयासबाट ओतप्रोत रहेको उल्लेख गर्नुभएको छ ।
‘हाम्रा पर्व सद्भावना, जनकल्याण, नैतिकता र सद्चरित्रको अङ्कुरण गराउने माध्यम पनि भएकाले यसलाई सद्भक्ति, अध्यात्मिकता र नैतिकताको सेतुबन्धको रूपमा उपयोग गर्दै यसमार्फत देश र समाजमा शान्ति, मङ्गल र कल्याणका भावनाहरू जागृत गर्ने प्रयासहरूलाई उत्प्रेरित गर्ने अचूक सूत्रका रूपमा आत्मसात् गर्न जरुरी छ’ सन्देशमा उहाँले भन्नुभएको छ ।
उपराष्ट्रपति यादवले मानवकल्याण, देश र समाजमा समृद्धि, सद्भाव, भाइचारा, मैत्रीभावलगायतका सकारात्मकतालाई सबैले अङ्गीकार गर्दै अघि बढ्नु आजको आवश्यकता भएकामा जोड दिनुभएको छ ।
‘रामनवमी उत्सवमात्र होइन, हामीले आफ्नो जीवनलाई श्रीरामको आदर्शहरूसँग जोड्ने एउटा मङ्गलमय अवसर पनि हो’ उहाँले भन्नुभएको छ– ‘यस अवसरमा श्रीरामझैँ असल र मर्यादित सङ्कल्पका साथ अघि बढ्न सबैलाई प्रेरणा प्राप्त होस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुर्गा प्रसाईँ भारतमा पक्राउ
- कर्णालीका चार जिल्लाको यातायात सेवा अवरुद्ध
- रामेछापमा जिप दुर्घटना : दुई जनाको मृत्य, नौ घाइते
- चाइना साउदर्नले काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान भर्ने
- इलाममा सबै भन्दा बढी वर्षा
- नेपाल बारमा मिश्र प्यानल विजयी
- नेपाली सेना अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको शानः राष्ट्रपति
- वर्तमान सरकारको मुहार झल्काउने दाउन्ने सडक
- ओली नेत्रृत्वको सरकारले काम गर्न सकेन : महामन्त्री थापा
- शिक्षकहरुको आन्दोलन ९ औँ दिन पनि जारी, आजै वार्ताको पनि तयारी