
सुर्खेत। कर्णालीका चार जिल्लाका विभिन्न खण्डमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएका छन् । रुकुम पश्चिमको मुसिकोट–११ मा स्थित पृतिबाङ खोलामा बाढी आएपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ ।
कालीकोटको पचालझर्ना गाउँपालिका–८ मा पहिरोका कारण कालीकोट–हुम्ला खण्ड अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । कालीकोटको खाडाचक्र–८ सिम्लाघार्डमा ढुङ्गा खसेका कारण सुर्खेत सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
कालीकोटकै सन्नीत्रिवेणी–३ सिस्नेगाड, रास्कोट– ८ भार्तडीमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । भेरीगङ्गा–११ साधिकोखोला पहिरो जाँदा जाजरकोट सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ
- आगामी बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग परामर्श
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन
- वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो
- हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
- रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले किन दिइन् राजीनामा ?
- चलचित्र विधेयक संसदमा पेश हुने