+

वैदेशिक रोजगारलाई उत्कृष्ट सेवामूलक उद्योग बनाउने प्रतिवद्धतासहित २ समूह चुनावी मैदानमा

लेखनाथ सिकारू
काठमाडौँ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ चैतमा हुने  निर्वाचनका लागि  व्यवसायीहरु २  छुट्टा छुट्टै समूह बनाएर चुनावी मैदानमा होमिएका छन् । 


दुवै प्यानलले  प्रचारप्रसारसकिसकेका छन् । उनीहरुले काठमाडौँ । विभिन्न स्थानमा शक्ति प्रदर्शनसहित चुनावीसभा गरे ।  दुवै समूहले बुधबार अन्तिम चुनावीसभा आयोजना गरेका छन्  । बुधबार गेलाल समूहले बसुन्धरा व्याङक्वेटमा र गुरुङ समूहले यति व्याङक्वेट बसुन्धरामा अन्तिम चुनावीसभा आयोजना गरेका हुन् ।  व्यवसायी संघको  निर्वाचनका लागि स्वतन्त्रसहित ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन । 

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको निर्णयविरुद्ध उभिएको फरकधार र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा बनेको संयुक्त व्यवसायी समूहको अध्यक्षका उम्मेदवार रहेका मञ्चका पूर्वअध्यक्ष रहेका गेलाल प्यानलले शनिबारदेखि निरन्तर चुनावी सभा र भेटघाट कार्यक्रमलाई तीव्रता दिए थिए । उनीहरुको मंगलबार ललितपुर र धुम्बाराहीमा क्षेत्रीय चुनावी सभा थियो भने बुधबार चुनावी अन्तिम सभासहित वसुन्धरामा सांगीतिक प्रस्तुतिसहित कार्यक्रम गर्दैछ  ।

अध्यक्षका उम्मेदवार नरेश गेलालले व्यवसायीमा समस्याको छिटो समाधान गर्ने आवश्यकताअनुसार प्रमुख २ घटकको तालमेल र अन्य क्षेत्रीय संस्था तथा  व्यवसायीको समर्थनमा चुनावी मैदानमा छन्   । संघको वर्तमान कार्यसमितिले व्यवसायीको पक्षमा ऐतिहासिक काम गरेकाले त्यसको निरन्तरताका रूपमा आफ्नो प्यानल आएको भन्दै आफ्नो नेतृत्वले गर्न बाँकी काम संघमा निर्वाचित भएको ३ देखि ६ महिनाभित्र टुंगोमा पुर्‍याउने गेलाल समूहको प्रतिवद्धता छ ।

गेलालले आफ्नोे प्यानलको कार्यसमितिले आगामी २ वर्षे अवधिमा संख्या सय समस्याको समाधान, मागपत्र प्रमाणीकरण, श्रम स्वीकृतिमा सहजीकरण जस्ता वर्षौंदेखि थाँती रहेका समस्या समाधान गरेरै छाड्ने भन्दै कुनै दुविधा नराखी प्यानललाई आफ्नो मत प्रदान गर्न आग्रह गरे ।

संघलाई राजनीतिक खिताचानीबाट मुक्त समस्या समाधान मुखी बनाउने र व्यवसायीको रोजीरोटी खोस्न जुनसुकै आवरण आउने सिन्डिकेटका विरोधमा आमरण अनशन तहको कठोर कदम चाल्ने प्रतिबद्धता जनाए । उनले भने, ‘उम्मेदवारी दर्ताअघि सिन्डिकेटमा समर्थन जनाउनु आमाको रगत खानु सरह हो भनेको छु । आज पनि तपाईंहरूका बीचमा त्ही प्रतिवद्धता दोहोर्‍याउँछु ।’

प्रथम उपाध्यक्षका उम्मेदवार सुजितकुमार श्रेष्ठले संख्या सयको समस्या समाधान गरेर व्यवसायीलाई तत्कालै राहत दिनेदेखि जब फेयर गरेर युरोपको श्रम बजारमा नेपाली कामदार पठाउन  अवसरको सिर्जना गर्नेसहितका दर्जन बढी योजनामा काम गर्ने बताए ।

तृतीय उपाध्यक्ष बैकुण्ठ पौडेल वैभवले यसअघि जस्तै कूटनीतिक नियोगसँग समन्वय गरेर व्यवसायीका समस्या समाधान र कामदारको हकहितको संरक्षण गर्ने बताए ।

महासचिव कर्णराज कटुवालले मागपत्र प्रमाणीकरण संख्या सय समस्याको समाधान, वैदेशिक रोजगार विभागका समस्याको समाधान, धरौटीबाट व्यवसायीलाई ब्याज दिलाउनेलगायतका गेलाल प्यानलले जनाएका प्रतिबद्धताअनुसारको काम गर्ने बताए । उनले आफू महासचिवको उम्मेदवार बनेपछि केही व्यवसायी पूर्वाग्रही भएर भ्रमको खेतीमा लागेका भन्दै त्यस्ता भ्रमबाट भ्रमित नहुन आग्रह गरे ।

सचिवका उम्मेदवार अनिल बोगटीले व्यवसायीलाई सुरक्षित गर्न सिन्डिकेटको विरोधमा नेतृत्व अलमलमा परे खबरदारी आफ्नो प्रमुख एजेन्डा भएको बताए ।

कोषाध्यक्षकी उम्मेदवार धनुमाया सिँजालीले संघलाई नवीन आर्थिक सोचका साथ अघि बढाउने प्रतिबद्धता जनाइन् ।  कार्यक्रम कार्यसमिति सदस्यका सबै उम्मेदवारले मागपत्र प्रमाणीकरण, संख्या सय समस्याको समाधान, वैदेशिक रोजगार विभागका समस्याको समाधानका विषयमा प्रतिवद्धता व्यक्त गरे ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएनका पूर्वअध्यक्ष कुमुद खनालले संघमा कमजोर नेतृत्व आए सिन्डिकेट आउने खतरा रहेकोे दाबी गर्दै चुनावको सन्दर्भमा आउने बहकाउमा नपरी गेलाल नेतृत्वको प्यानललाई मतदान गरेर जिताउन आग्रह गरे ।

क्षेत्रीय चुनावी सभालाई संघका पूर्वअध्यक्ष विमल ढकालले त्याग तपस्या गरेर संस्था जन्माउने हुर्काउने आफूहरू नै आधिकारिक भएको भन्दै भ्रममा नपर्न आग्रह गरे । गेलाल समूह अत्यन्तै सन्तुलित रहेको र विगतदेखि वर्तमानसम्म सिन्डिकेटका कुनै पनि जालझेल र प्रपञ्चमा नलागेको बेदाग रहेकाले पनि पूरै प्यानल जिताउन आग्रह गरे ।

एशोसिएशनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, संघका अध्यक्ष राजेन्द्र भण्डारी, सो प्यानलका निर्वाचन परिचालन समितिका संयोजक सरोजकुमार पोखरेल तराई वैदेशिक रोजगार व्यवसायी समाजका अध्यक्ष नवलकिशोर यादव र खोजी रिक्रुटमेन्ट प्रा। लि।का संचालक मोहम्मद जुनैद लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा व्यवसायी हृदयनारायण दास लगायतले साथ सहयोग र समर्थन गरेको त्यो समूहले पूरै प्यानललाई मत दिन आग्रह गरे ।

गेलाल प्यानलबाट प्रथम उपाध्यक्षमा एलायन्स ह्युमन रिसोर्स प्रा लिका संचालक संघका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक नेपाल प्रा लिका संचालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यू अल्फा एचआर प्रालिका संचालक बैकुण्ठ पौडेल वैभव, महासचिवमा डाइनामिक स्टाफिङ सोलुसन प्रा लिका संचालक कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावर प्रा लिका संचालक अनिल बोगटी र कोषाध्यक्षमा कालिञ्चोक एचआर प्रा लिकी संचालक धनुमाया सिँजालीले उम्मेदवारी दिएका छन् । 

त्यो प्यानलबाट कार्यसमिति सदस्यमा माउन्टेन ग्रुप प्रा लिका संचालक देउमान नेम्बाङ, ग्रोथ प्रोसेस इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा लिका संचालक राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रा लिका संचालक चन्द्र लिम्बू, विनर एचआर सोलुसन प्रा लि की संचालक हिमा गुरुङ, रियो ओभरसिज प्रा लिकी संचालक रमा खड्का, गल्फ इम्पायर ओभरसिज प्रा लिका संचालक दिनेश बस्नेत, आयुश ओभरसिज प्रा लिका संचालक कामेश्वर साह राहुल, सिगुल ओभरसिज प्रालिका संचालक छत्र बस्नेत, डेष्टिनी ह्युमन रिसोर्स प्रा लिका संचालक युवराज देवकोटा र गल्फ एसिया म्यानपावर प्रा लिका संचालक राजेश यादवले उम्मेदवारी दिएका छन् । 

निर्वाचन परिचालन समितिका संयोजक सरोज पोखरेलका अनुसार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनका पूर्वअध्यक्ष कुमुद खनालको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा बाबुराम खड्का र सदस्यहरूमा चिरञ्जीवी बस्याल र शशीकुमार यादव छन् ।वरिष्ठ व्यवसायी रघु पुरी संयोजक रहेको उच्चस्तरीय स्टेरिङ कमिटी गठन गरिएको छ । व्यवसायी वाइबी राई, कृष्ण पौडेल, सन्ता लामा र जनक सापकोटा सहसंयोजक तथा जनक रावल सदस्य सचिव रहेका छन् । 

आर्थिक समितिको संयोजकमा मदन पौडेल र सहसंयोजकमा मेघनाथ भुर्तेल, सुनिल केसी र सन्त लामा छन् । त्यस्तै त्यो समूहले विभिन्न क्षेत्रीय समिति पनि गठन गरेको छ । ललितपुर क्षेत्रीय संयोजक तिला काप्री, सिनामंगल संयोजक मुक्तिनाथ अधिकारी र सामाखुशी क्षेत्रीय समितिको संयोजक दलवीर भण्डारी रहेका छन् भने सहसंयोजक नवराज भट्ट, लक्षमण पौडेल, दिलिप भट्टराई र नुर महोम्मद मियाँ रहेका छन् ।

उता, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँगको तालमेलका आधारमा बनेको प्यानलको अध्यक्ष पदमा उम्मेदवारी दिएका संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा लिका संचालक भुवनसिंह गुरुङ प्यानलका उम्मेदवारले घरदैलो गरेर प्यानललाई मत मागिरहेका छन् ।

अध्यक्षका उम्मेदवार गुरुङ म्यानेजमेन्ट प्रालिका संचालक भूवनसिंह गुरुङले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारसँग छलफल र समन्वय गरेर समस्याको समाधानका लागि दिनरात खटिने प्रतिबद्धता जनाए । गुरुङले आफू नेता भएर नभई, व्यवसायीको सेवक भएर काम गर्ने प्रतिवद्धता जनाउँदै कुनै पनि आवरणमा हुने सिन्डिकेटको विरोधमा काम गर्ने पहिलो प्रतिबद्धता रहेकोे बताए । उनले विभिन्न भ्रम छरेर संघको निर्वाचनमा विरोधी प्यानल आएको भन्दै व्यवसायी आफ्नो पेसा व्यवसायका लागि सचेत हुनुपर्ने जिकिर गरे ।

प्रथम उपाध्यक्षका उम्मेदवार नोकरी नेपाल प्रालिका संचालक नरेन्द्रप्रसाद ढकालले वैदेशिक रोजगार क्षेत्रमा सिन्डिकेट गतिविधि रोक्न अधिकतम प्रयास गर्ने समूहको लक्ष्य रहेकोे भन्दै व्यवसायीलई घात गर्ने कुनै काम नगर्ने प्रतिबद्धता जनाए । नेपाली दूतावासमा मागपत्र प्रमाणीकरणका लागि पेश भएपछि प्राथमिकता सूचीका आधारमा प्रमाणीकरण हुने व्यवस्थाको सुनिश्चितता गर्ने पनि ढकालले बताए ।  

द्वितीय उपाध्यक्षका उम्मेदवार अलर्ट ओभरसिज प्रा लिका संचालक देव खोखालीले वैदेशिक रोजगारपीडितका नाममा हुने अराजकताको अन्त्य र व्यवसायी सुरक्षाका लागि काम गर्ने आफ्नो प्रतिबद्धता रहेकोे जनाए । तृतीय उपाध्यक्षका उम्मेदवार इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा लिका संचालक हर्क लिम्बूले इमानदार र कर्तव्यनिष्ठ व्यवसायीका समस्या समाधान गर्ने भन्दै सिंगो प्यानललाई मत दिन आग्रह गरे ।

महासचिवका उम्मेदवार ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका संचालक महेशकुमार बस्नेतले व्यवसायीलाई पेसा टेकाउने सुनिश्चितता निर्माण गर्नु वर्तमानको सबैभन्दा  महत्त्वपूर्ण विषय रहेकोे बताए । उनले वैदेशिक रोजगारलाई सेवा उद्योगका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाउँदै व्यावसाय र व्यवसायी शुद्धीकरण गरी सम्मानित बनाउने, वैदेशिक रोजगार विभागमा बिनाप्रमाणका उजुरी दर्ता रोक्न संयन्त्र बनाउने, व्यवसायीलाई अनावश्यक दुःख दिनेको पहिचानका लागि ब्ल्याकलिस्ट सफ्टवेयर निर्माण गरेर काम गर्ने प्रतिवद्धता जनाए ।

सचिव पदका उम्मेदवार आकृति रिक्रुटिङ प्रालिका संचालक  कुन्छा दोर्जे दिम्दोङले व्यवसायीलाई समस्या र आर्थिक भार पार्नेगरी वैदेशिक रोजगार ऐनमा संशोधन गर्न लागिएको अवस्थामा त्यसलाई रोक्न संघको नेतृत्व इमानदार,  बलियो र प्रभावकारी हुनुपर्नेमा जोड दिए । उनले व्यवसायीले उम्मेदवारको पहिचान गरेर मतदान गर्न आग्रह गरे । 

कोषाधक्षका उम्मेदवार शुभ हारती म्यानपावर प्रा लिका संचालक विक्रम श्रेष्ठले विभिन्न स्रोत खोजी गरी आर्थिक रूपमा संघलाई बलियो बनाउने बताए । उनले आर्थिक कारोबारलाई पारदर्शी बनाई व्यवसायीको लेबीमा मात्र निर्भर नगराई अन्य स्रोत खोजी गर्ने बताए । कार्यक्रम प्यानलका सदस्यका उम्मेदवारले पनि आ–आफ्नो धारणा र प्रतिबद्धता जनाए ।

यस्तै त्यो समूहमा कार्यसमिति सदस्यमा इम्पेरियल ओभरसिज प्रा।लिकी संचालक विद्यालक्ष्मी बज्राचार्य, राज ग्रुप अफ कम्पनीका संचालक राज लामा तामाङ, हिमालयन भ्याली नेपाल प्रा लिका संचालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा लिका संचालक दीपककुमार राय, रसुवा ओभरसिज प्रा लिका संचालक सुवर्ण लामा, सेक्युर नेपाल जब प्रा लिका संचालक सुमनराज पाण्डे, सिल्भर कर्नर ओभरसिज प्रालिका कैलाश पाठक, ग्लोबल एचआर हब प्रा लिकी संचालक गीता राउत, युनिभर्स एच आर सोलुसन प्रा लिका संचालक भरत सापकोटा, रिजा ओभरसिज प्रा लिकी संचालक रेखा शर्मा, इगल म्यानपावर कन्सल्टेन्ट प्रालिका संचालक कृष्ण ढकालले उम्मेदवारी दिएका छन् ।

त्यो समूहमा मूल निर्वाचन परिचालन समितिका संयोजक तिलकबहादुर रानाभाट,  प्रचारप्रसारमा समिति सयोजक किरणकिशोर घिमिरे, संघका पूर्वअध्यक्ष हंशराज वाग्ले। एशोसिएशन अध्यक्ष दीपक थापा, गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्च अध्यक्ष धनलाल जैशी, वैदेशिक रोजगार व्यवसायी महिला संघकी अध्यक्ष प्रतिमा महर्जन लगायतले साथ दिएका छन् ।  

यता, प्रथम उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी अख्तर हुसेन तथा सचिव पदका स्वतन्त्र उम्मेदवार ईश्वर सापकोटाले पनि चुनावी अभियानलाई तीव्रता दिएको बताएका छन् । २१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि निर्वाचन हुनेछ ।  संघको निर्वाचनका लागि ९०३ प्रतिनिधि दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै