
काठमाडौँ । राप्रपाले चैत २६ गते गर्न लागेको प्रदर्शनमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ पनि सहभागि हुने भएको छ । समितिका कार्यबाहक संयोजक जगमान गुरुङले आइतबार जारी गरेको विज्ञप्तिमा समिति राष्ट्रिय झन्डासहित राप्रपाको कार्यक्रममा सहभागी हुने उल्लेख छ ।
गुरुङले शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता हुन सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान गर्नुभएको छ ।
‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने मूल नाराका साथ वर्तमान व्यवस्था विरोधी दल राप्रपाले नवीन समझदारीका लागि भृकुटीमण्डपमा प्रदर्शन तथा वृहत् सभा गर्न लागेको छ ।
समितिले राजावादी समूह जोकोहीले गर्ने आन्दोलनमा साथ दिने बताउँदै आएको छ भने राप्रपाले पनि सोही नीति लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुर्गा प्रसाईँ भारतमा पक्राउ
- कर्णालीका चार जिल्लाको यातायात सेवा अवरुद्ध
- रामेछापमा जिप दुर्घटना : दुई जनाको मृत्य, नौ घाइते
- चाइना साउदर्नले काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान भर्ने
- इलाममा सबै भन्दा बढी वर्षा
- नेपाल बारमा मिश्र प्यानल विजयी
- नेपाली सेना अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको शानः राष्ट्रपति
- वर्तमान सरकारको मुहार झल्काउने दाउन्ने सडक
- ओली नेत्रृत्वको सरकारले काम गर्न सकेन : महामन्त्री थापा
- शिक्षकहरुको आन्दोलन ९ औँ दिन पनि जारी, आजै वार्ताको पनि तयारी