+

कुमारी सहकारीको १ अर्ब ४९ करोड हिनामिना, सञ्चालक पक्राउ

म्याग्दी । बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ४९ करोड रुपैयाँ हिनामिना भएको छ । सहकारी रकम अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । 


सहकारीको रकम हिनामिना प्रकरणमा प्रहरीले बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरेको हो ।  पुनमगरलाई बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सागर पौडेलले मङ्गलबार पक्राउ परेका पुनलाई यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जनासँगै अदालत उपस्थित गराउने गरी म्याद थप भएको बताउनुभयो । 

पोखरास्थित सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार ६ हजार बचतकर्ता रहेको कुमारी सहकारीको एक अर्ब ४९ करोड रुपैयाँ अपचलनमा संलग्न पुन लगायत अभियुक्तविरुद्ध सहकारी ऐन–२०७४ अनुसार कारबाही थालिएको हो । उनी सहकारीका पूर्वसञ्चालक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट