+

युगान्डाको लागि नेपाली महिला क्रिकेट टोली छनोट

काठमाडौँ । युगान्डामा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । 


युगान्डा क्रिकेट एसोसिएसनको आयोजनामा फागुन २२ देखि चैत ४ गतेसम्म सञ्चालन हुने मैत्रीपूर्ण क्रिकेट खेलको लागि पहिलो चरणमा १८ खेलाडी प्रशिक्षणमा बोलाएको हो । 

छनोट हुने टोलीमा कप्तान इन्दु बर्मासहित रचनाकुमारी चौधरी, साना प्रवीन, रिया शर्मा, सीमाना केसी, शोभा रोकाया, राजमती ऐरी, अलिसाकुमारी यादव, सबनम राई, रूविना क्षेत्री र ममताकुमारी चौधरी छन् । 

त्यसैगरी कविता जोशी, रोमा थापा, ईश्वरी विष्ट, सम्झनाकुमारी खड्का, पूजा महतो, विन्दु रावल र  मनिषा कुमारी उपाध्याय छन्  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट