+

‘खेलकुदमा प्रदेश सरकारको भूमिका महत्वपूर्ण’

सुर्खेत ।  कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले खेलकुदका माध्यमबाट स्वस्थ नागरिक र समृद्ध प्रदेश निर्माण गर्न प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।


आज आयोजित सोह्रौँ सुर्खेत जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा उहाँले खेलका माध्यमबाट प्रदेशमा स्वस्थ र समृद्ध नागरिक निर्माण गर्ने कार्यमा आवश्यक समन्वय र सहकार्य गरिने उल्लेख गर्नुभयो । देशलाई चिनाउने, आर्थिक समृद्धि हासिल गर्ने र राष्ट्रभक्ति उजागर गर्न खेलकुद र खेलाडीको भूमिका उल्लेख्य हुने उहाँको भनाइ छ ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट आवश्यकताका आधारमा पहल भइरहेको बताउनुभयो । खेलाडीलाई हौसला प्रदान गर्ने उद्देश्यले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी कर्णालीका सबै खेलाडीको बिमा प्रदेश सरकारले गरिदिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।  

साथै, दशौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट आज निर्णय हुने जानकारी गराउँदै मन्त्री भण्डारीले पूर्वप्रस्तावित मितिमा दशौँ राष्ट्रिय खेलकुद आयोजना हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट