+

‘सूचना माग्दा प्रशासनिक संयन्त्र भाग्ने अवस्था हुनुहुँदैन’

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताले सूचना माग्दा प्रशासनिक संयन्त्र भाग्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभएको छ । 


आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीसँगको अन्तरक्रियामा उहाँले सही सूचना दिएर जनता सुसूचित हुन पाउने संवैधानिक हकको सम्मान गर्न आग्रह गर्नुभयो । 

‘कसले, कहाँ र के कमजोरी गरेको छ भनेर जनताले थाहा पाउने माध्यम सूचना नै हो । सही सूचनाले कमजोरी गर्नेलाई समयमा सच्चिने अवसर पनि आउँछ’ उहाँले भन्नुभयो– ‘सरकारले गरेका काम जति जनतामाझ पु¥याउन सक्यो त्यति नै गलत प्रवृत्तिको अन्य पनि हुन्छ ।’

कर्णाली प्रदेश सरकारले सूचना लुकाउनुपर्ने गरी कुनै पनि काम नगरेको दाबी गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकार सुशासन, पारदर्शिता कायम गर्न र भ्रष्टाचार अन्त्य गरी  विकृति एवं विसङ्गति अन्त्य गर्ने काममा लागेको जिकिर गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट