+

सुस्त श्रवणका खेलकुद मैदान

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–६ मा अवस्थित जनज्योति माध्यमिक विद्यालयमा बहिरा तथा सुस्त श्रवण बालबालिकाका लागि खेलकुद मैदान निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ ।  


चन्द्रपुरका नगरपालिकाका नगर प्रमुख सञ्जय काफ्लेका अनुसार छाया नेपाल नामक संस्थाले बहिरा तथा सुस्त श्रवण बालबालिकाका लागि आवश्यक खेलकुद पूर्वाधार तथा खेलकुद सामग्रीसहित उक्त खेलकुद मैदान निर्माणमा सहयोग गरेको हो । 

खेलकुद मैदानको निर्माण लागत कूल  २५ लाख १३ हजार ९ सय ७७ रहेको छाया नेपालका मधेश प्रदेश संयोजक आशिषकुमार रायले जानकारी दिनुभयो ।

खेलकुद मैदान तथा करेसाबारीको सञ्चालन जनज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिले गर्नेछ ।  विद्यालयमा छात्राबासमा बसी अध्ययन गर्ने ५४ जना बहिरा तथा सुस्त श्रवण विद्यार्थीहरूले खेलकुद मैदानबाट सेवा लिन सक्ने विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट