काठमाडौँ । रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकी काङ्ग्रेसमा निर्वाचित सभामुख माइक जोनसनलाई बधाइ दिनुभएको छ । जोनसोनको नेतृत्वले अमेरिकी संसद्को गरिमालाई थप उचाइमा पुर्याउने उहाँले बताउनुभएको छ ।
‘माइक संसद्मा एक विशेष सभामुखको भूमिका निभाउन सक्षम हुनुहुनेछ र हाम्रो देश लाभार्थी हुनेछ । अमेरिकी जनताले विवेक, क्षमता र नेतृत्वका लागि चार वर्ष पर्खेका छन्’ नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘अमेरिका पहिलेभन्दा महान् हुनेछ ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वपूर्ण समर्थनमा रिपब्लिकन पार्टीका माइक जोनसनलाई अमेरिकी प्रतिनिधि सभाको सभामुखमा फर्काइएको हो ।
जोनसनले डेमोक्र्याटिक समूहसँग कानून पारित गर्न सहयोग गरेपछि तत्कालिन ‘ब्याकबेन्चर’ हरू उहाँसँग खुशी थिएनन् । रिपब्लिकन पार्टीबाट प्रतिनिधि रहेका एक दर्जनभन्दा बढी सदस्यले जोनसनको नेतृत्वमाथि शङ्का व्यक्त गरेपछि उहाँको जीत सुनिश्चित गर्न अमेरिकी राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन नेता ट्रम्पले नै आफ्नो दलका सांसदहरूलाई विश्वास दिलाउनुपरेको थियो ।
अमेरिकी संसद्को ‘मिडिया आउटलेट’ पञ्चबोल न्यूजका अनुसार ट्रम्पले व्यक्तिगत रूपमा जोनसनको विरोधमा राय राख्ने दुई सांसदसँग फोनमा कुरा गरेपछि जोनसनले सभामुखपदको आफ्नो महत्वाकाङ्क्षालाई जीवित राख्न सफल हुनुभएको हो ।
सन् २०२३÷०२५ को सत्रमा विशेषगरी लुइजियानाका सांसदले खर्चवार्ताको व्यवस्थापनलाई लिएर जोनसनविरूद्ध आक्रोश व्यक्त गरेका थिए। अन्तमा मतदान सुरु हुँदा केवल तीन रिपब्लिकनकबाहेक अन्य सबैले जोनसनको पक्षमा मतदान गरेका थिए भने डेमोक्र्याटतर्फ सबै २१५ सदस्यले आफ्ना नेता हकीम जेफ्रीजलाई समर्थन गरेका थिए ।
‘चार वर्षको उच्च मुद्रास्फीतिपछि, हामीसँग ठूलो एजेन्डा छ। हामीले धेरै काम गर्न बाँकी छ र यसलाई द्विदलीय सहकार्यमा अघि बढाउन सक्छौँ’ सभामुखमा आफू निर्वाचित बनेपछि जोनसनले भन्नुभयो – ‘हामी उच्च मुद्रास्फीतिसँग लड्न सक्छौं र यो हामीले गर्नैपर्छ । हामीले अमेरिकीहरूलाई राहत दिनेछौँ भने ट्रम्पको कर कटौतीसम्बन्धी नीतिलाई विस्तार गर्नेछौँ हामी सरकारको आकार र दायरामा भारी कटौती गर्न जाँदैछौं, हामी जनतामा शक्ति फिर्ता गर्न जाँदैछौं।’
केन्टुकी कन्जरभेटिभ कट्टरपन्थी थोमस मासीको अपवादबाहेक जोनसनको विरोध सधैं नरम देखिन्थ्यो । उहाँले हप्ताको अधिकांश समय फोन गरी उहाँको उम्मेदवारीको विरोध गर्ने ‘कन्जरभेटिभ’हरूसँग बैठक आयोजना गर्नुभएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
- सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
- सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति गुरुङसँग सिआइबीको सोधपुछ
- तिब्बतमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुग्यो, १८८ जना घाइते
- चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
- सूर्यदर्शन सहकारी बचत अपचलन: प्रतिवादीहरूको थुनछेक बहस जारी
- पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात
- मङ्गलबारको भूकम्पले नेपालका कहाँ के-के क्षति गर्यो ?
- यी हुन् एमाले केन्द्रीय कमिटीबाट पारित १४ बुँदे विशेष प्रस्ताव
- खुम्बु क्षेत्रमा उडान गर्न पाइने