भक्तपुर। नगरकोट महोत्सव–२०८२ लाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता आज शुरु भएको छ ।
आज चाँगुनारायण नगरपालिका–९ ताथली फाँटमा शुरु भएको प्रतियोगिताको सङ्घीय सांसद प्रेम सुवालले उद्घाटन गर्नुभयो । राजनीतिले निःस्वार्थ रूपमा सेवा गर्न सके मात्रै देश समृद्ध बन्ने उहाँले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सचिवसमेत रहनुभएका सुवालले कक्षा १२ सकिनेबित्तिकै युवा विदेशिने भन्दै देशका अशक्त, बुडापाका, महिला मात्रै रहने अवस्था आउने खतरा बढेकाले देशको राजनीति सुधार गरेर जानुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारको प्रभावकारी कामले सबै राजनीतिक दलले सिक्ने अवस्था बनाउनुपर्ने भन्दै उहाँले परम्परागत बाजा, कला, संस्कृतिलाई संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बागमती प्रदेशमा पहिलो पटक यसप्रकारको प्रतियोगिता आफ्नो नगरपालिकाले गरेको बताउँदै यसले प्रदेशभरि धिमे बाजाको संरक्षण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नगरपालिकाले एक वर्षभित्र आयोजना गर्न लागिएको नगरकोट महोत्सवको प्रचारप्रसारका साथै धिमे बाजाको संरक्षण गर्ने उद्देश्यले आज यो प्रतियोगिताको आयोजना गरेका हाैँ । यसले समग्र चाँगुनारायणको पर्यटन, आर्थिक, सामाजिक विकासमा टेवा पु¥याउँछ भन्ने विश्वास लिएका छौँ ।”
प्रतियोगितमा प्रथम हुनेलाई नगद रु ५० हजार पुरस्कारसहित शिल्ड, एक थान धिमे बाजा, दुई थान भुछ्या र सिछ्या प्रदान गरिने जनाउँदै नगरप्रमुख खत्रीले द्वितीय हुनेलाई रु २५ हजारसहित शिल्ड, प्रमाणपत्र धिमय् बाजा एक थान भुछ्या र सिछ्या एक/एक थान र तृतीय हुनेलाई नगद रु १० हजारसहित शिल्ड, प्रमाणपत्र धिमे बाजा र भुछ्या एक/एक थान प्रदान गरिने उल्लेख गर्नुभयो ।
सान्त्वना हुनेलाई रु पाँचहजार सहित शिल्ड, प्रमाणपत्र धिमे बाजा एक थान, उत्कृष्ट प्रस्तुतिलाई धिमे बाजा एक थान, उत्कृष्ट छैठौँदेखि १०औँ स्थानसम्मकालाई भुछ्या एक/एक थान र सहभागी प्रत्येकलाई मायाको चिनो प्रदान गरिने आयोजकले जनाएको छ ।
बागमती प्रदेशभित्रका भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायत विभिन्न जिल्लाका स्थानीय पालिकाका ५५ वटा समूहले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
चाँगुनारायणको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले धिमे बाजा प्रतियोगिता आयोजना गरिएको चाँगुनारायण–९ ताथलीका वडाध्यक्ष एवं प्रतियोगिताका संयोजक गणेश त्यातले बताउनुभयो । उहाँले नगरभित्रका १ देखि ९ वडासम्मका धार्मिक, ऐतिहासिक सम्पदाको अवस्थाबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा इतिहास एवं संस्कृतिविद प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले प्राग ऐतिहासिक सम्पदाको उद्गमस्थल चाँगुनारायण रहेको चर्चा गर्दै यहाँ अनगिन्ती धार्मिक एवं ऐतिहासिक सम्पदा रहेकाले सबैको सहकार्य र समन्वयबाट ती सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतियोगिता आज रातिसम्म सकिने जनाउँदै पुरस्कार आइतबार वितरण गरिने आयोजक चाँगुनारायण नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
- क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा राजीनामा
- नेपाल-तिप्बत सिमानामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
- एमाले केन्द्रीय कमिटी बैठक आज पनि
- रविका वकिलहरूको दाबी : पूरक अभियोग खारेज हुनुपर्छ
- कुलमानलाइ हटाउन दबाब बढाउँदै सरकार
- आजको मौसम : पश्चिम तराईका कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
- पशुपतिनाथमा आज धनुर्मास पूजा गरिँदै
- सर्वोच्चद्वारा थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
- निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ :राष्ट्रपति