काठमाडौँ । कीर्तिपुर नगरपालिकामा रिक्त प्रमुख पदका लागि आउने मंसिर १६ गते हुने उपनिर्वाचनमा सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले उम्मेदवार तोकेका छन् ।
कीर्तिपुरको मेयरको लागि एमालेले डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रले मेयरमा प्रा डा शिवशरण महर्जनलाई उठाउने भएको छ ।माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगर समितिको बैठकले उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुरको मेयरमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ । कीर्तिपुरका मेयर राजकुमार नकर्मीको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमसिसीद्वारा थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत
- घट्दै टेलिकमबाट राजस्व
- वीरगञ्जबाट धानचामल आयात बढ्यो
- मुगुमा भूकम्प
- १९ वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत
- प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
- बझाङमा फेरि अर्को जीप दुर्घटना, चालकको मृत्यु
- आज देशभरको मौसम सफा रहने पूर्वानुमान
- बझाङ जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
- विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना