बाँके । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विज्ञसहितको आयोग बनाएर संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
अवधि पत्रकार सङ्घ नेपालद्वारा आज हाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान विज्ञद्वारा प्राप्त सुझावका आधारमा सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
अध्यक्ष यादवले समानुपातिक समावेशी प्रतिनिधित्वलाई खुम्च्याउने गरी संविधान संशोधन गर्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो– ‘सबैले अपनत्व लिने गरी, सङ्घीयता, गणतन्त्र र समावेशितालाई बलियो बनाउने किसिमले सबैको सहमति र समन्वयबाट मात्रै संशोधन गर्नुपर्ने आवश्यकता छ ।’
पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष यादवले देशमा बढ्दै गएको राजनीतिक अस्थिरताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘गणतन्त्र र सङ्घीयताको रूपमा प्राप्त भएका उपलब्धिलाई संथागत गर्न सकिएन भने २००७ सालमा भएको परिवर्तन २०१७ सालमा गुमेजस्तै नहोला भन्न सकिँंदैन । त्यसैले उपलब्धिलाई संस्थागत गर्न सबै एकजुट हुनु जरुरी छ ।’
अवधि पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा जसपा नेपालका केन्द्रिय सचिव एवं नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, स्थानीय नेता लगायत सञ्चरकर्मीको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- देशभक्त र प्रगतिशील एकजुट हुँदा प्रतिक्रियावादीहरु आतङ्कित :प्रधानमन्त्री
- म्याग्दी रत्नेचौर तोरीबारीमा टिकटक बनाउनेको लर्को
- रास्वपाद्वारा ‘संविधान संशोधन सुझाव कार्यदल’ गठन
- माघी अघि मघौटा र सिङ्गारु नाचको रमाइलो
- गोरखाबाट देश एकीकरण यात्रामा निस्कियो सेनाको टोली
- एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
- सूर्यदर्शन सहकारी ठगीः प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी
- प्रतिकूल मौसमले हवाई उडान प्रभावित
- बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसेमैदान क्षेत्र बढाइँदै
- पिंगलास्थानमा युवती मृत्यु प्रकरण : सँगै बसेका युवक पनि मृत भेटिए