
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना मन्त्रीसहित सरकार बिस्तार गर्नुहुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको आज बसेको बैठकले प्रदेशसभा सदस्य रनसिंह परियारलाई सरकारमा पठाउने निर्णय गरेसँगै सानो आकारमा मन्त्रिपरिषद् बिस्तार हुने भएको हो ।
परियारलाई भोलि मुख्यमन्त्रीको विश्वासको मत लिनेगरी दलको बैठकबाट विनाविभागीय मन्त्रीका रुपमा पठाइएको माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ । ‘सरकारमा नयाँ जाने वा पुरानै पठाइने भन्ने अहिले केही छैन’ उहाँले भन्नुभयो ‘बाँकी तीन मन्त्रीको टुङ्गो लागेपछिको कुन हुने भन्ने निक्यौल हुन्छ ।’
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईले मुख्यमन्त्री कँडेलले भोलि विश्वासको मत लिइसकेपछि दलको बैठक बसेर मन्त्रीको टुङ्गो लगाइने बताउनुभयो । ‘आज माओवादीले एक जना विनाविभागीय मन्त्री भनेर रनसिंह परियारलाई पठाएको छ’ उहाँले भन्नुभयो– ‘मुख्यमन्त्रीले विश्वास मत लिइसकेपछि सरकारले पूर्णता पाउनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन