
काठमाडौँ । नेपाल सँगको ५ टी-२० खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र वेस्टइन्डिज ‘ए’बीच ५ टी-२० खेल हुनेछन् । सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचर ए टोलीमा छन्। वेस्ट इन्डिज टोलीको पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो।
नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको पहिलो खेल वैशाख १५ गते, दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते , चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।
ओमानमा आइतबार सम्पन्न एसीसी प्रिमियर कपमा भाग लिएर नेपाली क्रिकेट टोली सोमबार राति स्वदेश आइपुगेको छ।
साविक विजेताका रुपमा ओमान पुगेको मेपाली टोली यसपटक चौथो भएर फर्केको छ। सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएर लगातार दोस्रो पटक एसिया कप खेल्ने नेपालको सपना पूरा हुन सकेन ।
ओमानलाई फाइनलमा हराउँदै प्रिमियर कप जितेको युएई एसिया कपका लागि छनोट भएको छ। त्यसपछि अर्को मौकाको रुपमा रहेको एसीसी इमर्जिङ टिम्स एसिया कपमा पनि छनोट हुन नेपाल असफल रह्यो।
प्रिमियर कपको तेस्रो स्थानमा हङकङसँग पराजित भएसँगै नेपालको इमर्जिङ टिम्स एसिया कप खेल्ने योजना पनि पूरा हुन सकेन।
नेपालसँग खेल्ने वेस्ट इन्डिज ए को टोली
रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन