
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा शुक्रबारदेखि जारी ‘कर्णाली किड्स कप २०८१’ अन्तर्गत आज सेमी फाइनलका खेल भएका छन् ।
सेमिफाइनमा जनकल्याण आधारभूत विद्यालय र छत्रपाल आधारभूत विद्यालयबीच भएको खेलमा छत्रपाल आधारभूत विद्यालय २–० गोलले विजयी भएको आयोजक रेडियो श्रीनगर एफएमका संस्थापक अध्यक्ष नवराज महताराले जानकारी दिनुभएको छ ।
मष्टादेव प्राथमिक विद्यालय र सूर्योदय माध्यामिक विद्यालयबीच भएको खेलमा सुर्योदय ७–१ गोलले विजयी भएको छ । अब मङ्गलबार छत्रपाल आधारभूत विद्यालय र सूर्योदय माध्यामिक विद्यालयबीच प्रथम उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रो हुनेलाई १० हजार नगदसहित प्रमाणपत्र र शिल्ड प्रदान गरिनेछ । प्रतियोगितामा ११ समूहको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन