
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्न नरबहादुर कर्माचार्यको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सोमबार आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै उहाँले कर्माचार्य नेपाली कम्युनिष्ट आन्दोलनको धरोहर भएको बताउनुभयो ।
अध्यक्ष नेपालले अरु पार्टीले नेपाली समाजलाई रुपान्तरण गर्न नसक्ने उल्लेख गर्दै क्रान्तिकारी सिद्धान्तले मात्र समाजलाई रुपान्तरण गर्न सकिने बताउनुभयो । मुलुकमा लोकतन्त्रले मात्र नपुग्ने भन्दै उहाँले समाजवादी लोकतन्त्रसम्म पुग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
नेपालले लोकतन्त्रको संवाहक कम्युनिष्ट पार्टी मात्र रहेको अध्यक्ष नेपालको भनाइ छ । जनताको विकास र स्वाभिमानको पक्षलाई ध्यान दिँदै देशको भाग्य र भविष्यको फैसला कम्युनिष्टले गर्दछ भन्ने मान्यतालाई अझ उजागर गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । कम्युनिष्ट आन्दोलनप्रति जनताको ध्यान आकर्षित गर्न रचनात्मक भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।
‘कम्युनिष्टका शत्रु र मित्र हामीले छुट्टाउनुपर्दछ’ अध्यक्ष नेपालले भन्नुभयो– ‘मित्रलाई एकतावद्ध बनाउने र शत्रुलाई उपयोग गर्न आफ्ना पक्षमा ल्याउनुपर्दछ ।’ उहाँले नेपालको राजनीति जटिल रहेको उल्लेख गर्दै सत्ताका लागि गठबन्धन टुट्ने फुट्ने क्रम चलिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नेमध्येका एक नरबहादुर कर्माचार्यको योगदानलाई बिर्सन नहुने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेल, प्रतिष्ठानका सल्लाहकार डा महेश मास्के, शहीद प्रतिष्ठानका अध्यक्ष धर्मशिला चापागाईं लगायतले कर्माचार्यले मुलुकको कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन