
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महाधिवेशन विभिन्न पटक सर्दै आए पनि तयारी भने तीब्र रुपमा भइरहेको छ ।
नेकपा एमालोबाट चौटिएर बनेको एकीकृत समाजवादीले १० औँ महाधिवेशन तेस्रो पटक सारेर फेरि असार १६ देखि २० गतेसम्मको लागि तोकेको छ । समीकरणमा आएको परिवर्तन, आन्तरिक तयारीको कमी, आसन्न उपनिर्वाचन लगायत कारणले महाधिवेशन फेरि सार्नु परेको महासचिव घनश्याम भूसालले बताउनुभएको छ । एकीकृत समाजवादीले यसअघि राष्ट्रियसभा निर्वाचनको कारण देखाउँदै महाधिवेशन सारेको थियो । समाजवादीले शुरुमा माघ माघ १४ देखि १८ गतेसम्म काठमाडौँमा गर्ने निर्णय भएको थियो । माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुने भएपछि त्यसलाई कारण देखाउँदै सारेर जेठ ३ देखि ७ गतेसम्मको लागि तोकियो । अहिले फेरि उपनिर्वाचनको कारण र तयारी नपुगेको भन्दै असारको दोस्रो सातासम्म धकेलिएको हो ।
एकीकृत समाजवादीमा महाधिवेशन सरे पनि त्यसको सरगर्मी भने रोकिएको छैन । समाजवादीले महाधिवेशनको लागि जिल्ला तथा प्रदेश अधिवेशन गरिरहेको छ । महाधिवेनसँगै विभिन्न जनवर्गीय संगठन र पार्टी बिस्तारको कार्यलाई तीब्रता दिएको छ । समाजवादीले यसबीचमा संगठित सदस्या नविकरणलाई समेत प्राथमिकता दिएको छ ।
एकीकृत समाजवादी प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको सदस्यताका साथै प्रतिनिधिको सङ्गठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ । पार्टी मातहतका कमिटीले प्रदान गरेको सदस्यता एवं नवीकरणका सबै प्रक्रियाको प्रमाणीकरण गर्न लागिएको महासचिव भूसालले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार पार्टीले वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली विवरण केन्द्रमा पठाउन सबै कमिटी, विभाग, फाँटलाई निर्देशन दिएको छ । महासचिव भूसालले भन्नुभयो– ‘१५ गतेपछि प्रदान गरिएका र नवीकरण गरिएका सङ्गठित सदस्यलाई आसन्न १०औँ महाधिवेशनका लागि समावेश गरिने छैन ।’
पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको समयसीमा अगावै सिफारिस गरेका नामावलीलाई पार्टी केन्द्रीय सङ्गठन विभागले वैशाख ३० गतेसम्म प्रमाणीकरण गरी सम्बन्धित निकायमा विवरण पठाउने उहाँले जानकारी दिनुभयो ।
त्यही प्रमाणीकरणका आधारमा प्रतिनिधि चयन गरिने छ । सबै कमिटीले सम्बन्धित नेताहरूको सङ्गठनमा गरेको योगदान तथा कार्यसम्पादनको मूल्याङ्कनका आधारमा प्रतिनिधिको सिफारिस गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन