
पोखरा । आलु गाउँका रूपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा सञ्चालन भएको आलु महोत्सव सकिएको छ ।
गत चैत २५ गतेदेखि शुरु भएको आलु महोत्सव बुधबारसम्म ३० लाख ६५ हजार ७ सय २० रुपैयाँ को आलु बिक्री गर्दै सकिएको छ । महोत्सवस्थलबाट ७६ हजार ६ सय ४३ किलो आलु बिक्री भएको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिनुभएको छ ।
महोत्सवस्थलमा आलु बिक्रीका लागि पहाड निर्माण गरिएको थियो । प्रतिकिलो ४० रुपैयाँका दरले आलु बिक्री गरिएको थियो । ३ हजार ४ सय ४५ घरपरिवारले आलु खरिद गरी लगेको तिमिल्सिनाले बताउनुभयो ।
कास्की, गोरखा, म्याग्दी, मुस्ताङ, स्याङ्जा, चितवन, बुटबल, बागलुङ, तनहुँ लगायत काठमाडौँबाट समेत आलु खरिद गर्न आएको बताइन्छ । प्रतिघरपरिवारले न्यूनतम पाँच किलोदेखि अधिकतम तीन सय किलो आलु खरिद गरेका हुन् । हेमजामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वस्थकर मानिने भएकाले उपभोक्ताको आकर्षण बढ्ने गर्दछ ।
यसैगरी महोत्सवभर आलु लगायत अन्य सामग्री समेत गरी ३ करोड ७० लाख रुपैयाँको कारोबार भएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । महोत्सव समापनका अवसरमा अग्रज कृषकलाई सम्मान गरिएको छ । आलुको प्रदर्शनीमा उत्कृष्टता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बानियाँ, हरिमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सिनालाई नगदसहित सम्मान गरिएको हो ।
महोत्सवको आकर्षणका रूपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटविरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनीलगायत रहेका थिए ।
‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव गरिएको हो । कास्कीमा एक हजार दुई सय ५३ हेक्टर जमिनमा आलुखेती गरिन्छ । त्यसबाट वार्षिक २१ हजार पाँच सय १० टन उत्पादन हुँदा हेमजामा पाँच सय हेक्टर क्षेत्रफल जनिमा आलुखेती गर्ने गरिएकामा पाँच हजार टन उत्पादन हुने गरेको छ ।
हेमजामा एमएस २२, जनकदेव, खुमलटार रातो लगायतका आलुखेती गरिन्छ । यहाँका पाँच सय ४० घरपरिवार किसान व्यावसायिक रूपमा आलुखेतीमा आवद्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन