
इलाम । पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ मा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन मतदातालाई अपिल गर्नुभएको छ । एमाले अध्यक्ष ओलीले इलाम क्षेत्र नम्बर २ को देउमाई नगरपालिकास्थित मङ्गलबारे बजारमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सुहाङलाई जिताउन अपिल गर्नुभएको हो ।
एमालेका यस क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते निधनभएपछि इलाम २ मा उपनिर्वाचन हुन लागेको हो । अध्यक्ष ओलीले स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङको सपना पूरा गर्न पनि उहाँका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको भन्दै जिताउन मतदान गर्न आग्रह गर्नुभयो । इलाम २ को विकास र यहाँका नागरिकको समृद्धिका लागि सुहाङ नेम्वाङ विजयी हुनुपर्ने ओलीको भनाइ छ ।
ओलीले एमालेले घरघरमा वृद्ध भत्ता पु¥याएको, सामाजिक सुरक्षा भत्ता वितरण गरेको र सडक निर्माण लगायत धेरै काम गरेको स्मरण गराउनुभयो । अध्यक्ष ओलीले एमालेले मुलुकमा कस्तो विकास गर्छ भन्ने आफू प्रधानमन्त्री हुँदा देखाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘म प्रधानमन्त्री हुँदा दुई सय १० पालिकादेखि सदरमुकाम जोड्ने सडक र तीन सय ९६ वटा पालिकामा अस्पताल बनाउन शिलान्यास गरेको थिएँ तर सरकारबाट बाहिरिएपछि ती सबै अलपत्र परेका छन् । अब अधुरा र अलपत्र कामलाई आउँदो निर्वाचनसम्ममा पूरा गर्नुपर्छ ।’
एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एकल जातीय पहिचानको कुराले जातीय सद्भावलाई खल्बल्याउने धारणा राख्नुभयो । नेकपा माओवादी केन्द्रको कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङले कम्युनिष्टलाई एक ठाउँमा ल्याउने ‘एजेन्डा’ पूरा गर्नका लागि पनि वामपन्थीहरुका साझा उम्मेदवार सुहाङलाई विजयी गराउनुपर्ने बताउनुभयो ।
सभामा उम्मेदवार नेम्वाङले आफूले जितेको खण्डमा इलाम २ को विकास गर्ने र यहाँका नागरिकले शिर झुकाउनुपर्ने कुनै काम नगर्ने बताउनुभयो । उहाँले वैशाख १५ गते हुने निर्वाचनमा आफूलाई मतदान गर्न अपिल पनि गर्नुभयो ।
यस क्षेत्रमा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । एमालेका सुहाङसँगै नेपाली कांग्रेसका इलाम सभापति डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादीका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन