
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा आज गणतन्त्र कोरियाको राष्ट्रियसभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध्यक्ष एवं कोरिया–नेपाल संसदीयमैत्री समूहका अध्यक्ष साङ–हेओन ली नेतृत्वको भ्रमण टोलीले भेटवार्ता गरेको हो ।
भेटवार्ताा नेपाल–कोरिया कूटनीतिक सम्बन्ध, संसदीय अनुभव आदानप्रदान र आपसी सहयोगका विषयमा छलफल भएको अध्यक्षको सचिवालयले जनाएको छ । त्यस अवसरमा अध्यक्ष दाहालले नेपाल–कोरिया कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भइसकेको चर्चा गर्दै अहिलेसम्मको सौहार्द र मैत्री सम्बन्धलाई अझै उँचाइमा पुर्याउन आगामी दिनमा संसदीय अनुभव आदानप्रदान, आपसी सहयोग र सहकार्य विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
‘संसद् जनताको सरोकारसँग जोडिने संस्था भएकाले संसदहरुको सम्बन्ध सुदृढ गर्न जनताबीचको सम्बन्ध सुदृढ गर्न जरुरी छ’ अध्यक्ष दाहालले भन्नुभयो– ‘तपाईंहरुको नेपाल भ्रमणले हाम्रो सम्बन्ध थप घनिष्ट र सुदृढ भएको मैले महसुस गरेको छु ।’
कोइकामार्फत कोरियन सरकारले नेपालको जलविद्युत्, कृषि, अटोमोबाइल्स लगायतका विभिन्न क्षेत्रमा लगानी गरेको चर्चा गर्दै उहाँले कृषि उत्पादनलाई वृद्धि गर्न रासायनिक मल उद्योगको स्थापना, प्राविधिक शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्न सकिने क्षेत्रमा लगानी गर्न पनि आग्रह गर्नुभयो ।
नेपालमा तेस्रो लगानी सम्मेलन हुन लागेको भन्दै अध्यक्ष दाहालले गणतन्त्र कोरिया सरकार र निजी क्षेत्रबाट समेत नेपालमा लगानी गर्न पनि प्रतिनिधि मण्डलमार्फत आग्रह गर्नुभयो । भेटवार्तामा कोरिया–नेपाल संसदीयमैत्री समूहका अध्यक्ष लीले दुई देशको सम्बन्ध थप प्रगाढ बनाउन यो भेटघाटले मद्दत गरेको बताउनुभयो ।
उहाँले नेपालको आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार सदैव तत्पर रहेको चर्चा गर्दै वैदेशिक लगानीलाई प्रोत्साहित गर्न र छिटोछरितो काम गर्ने वातावरण बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा आफू यसअघि पनि धेरै पटक आइसकेको चर्चा गर्दै हरेक पटक आउँदा केही न केही नयाँ विकास भएको पाएको उहाँले बताउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन