
तम्घास । जिल्ला प्रशासन गुल्मीले कानुन विपरीतका सम्पूर्ण हातहतियार जफत गर्ने भएको छ । पाँच वर्षभन्दा बढी नवीकरण नभएका हातहतियार प्रशासन कार्यालयले जफत गर्ने भएको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार गृहमन्त्रालयको निर्देशन बमोजिम जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्लामा दर्ता भएका हातहतियार म्यादभित्र नवीकरण नभएमा तत्काल नवीकरण गर्नुपर्नेछ ।
इजाजतपत्र नलिएका र नवीकरण नगरिएका हतियार २०८१ वैशाख मसान्तभित्र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहारी कार्यालय वा नजिकैको प्रहरी चौकीमा बुझाउन जिल्ला प्रशासनले सूचना जारी गरेको छ ।
अनधिकृत व्यक्तिले हातहतियारको दुरुपयोग गर्न सक्ने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी कानुन विपरीतका हतियार जफत गर्न लागिएको हो । पाँच वर्षभन्दा बढी अवधिदेखि नवीकरण नभएकाकोे इजाजत समेत खारेज गरी जफत गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा कूल दुई सय ८१ हातहतियार दर्ता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन