
काठमाडौँ। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रकरणमा सर्वोच्च अदालतले पनि जवाफ मागेको छ । सर्वोच्चले सांसद अमरेशकुमार सिंहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै शेयर खरिद बिक्रीबारे एनसेल र नेपालका सरकारी निकायसँग लिखित जवाफ मागेको हो ।
एनसेलको स्वामित्व बिक्री प्रकरणमा सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले एनसेल आजियटा लिमिटेड, नेपालको दूरसञ्चार प्राधिकरण लगायतका निकायसँग जवाफ मागेको हो । एनसेलको ८० प्रतिशत शेयर आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेर नेपालबाट बाहिरिएको छ ।
एनसेलको शेयर खरिद बिक्री शंकास्पद र अविश्वसनीय रहेको भन्दौ प्रश्न उठेका बेला सांसद सिंहले कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो । सांसद सिंहको रिटमा एनसेलको शेयर बिक्रीमा कर छली भएको हुनसक्ने र ६ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउने एनसेलको सम्पूर्ण सम्पत्ति जोगाउन शेयर खरिद बिक्रीको खेल भएको भन्दै कारोबारलाई मान्यता नदिन माग गरिएको छ ।
सर्वोच्चले यो विवादमा अन्तरिम आदेश जारी गर्ने कि नगर्ने ? भन्नेबारे टुंगो लगाउन पुस १६ गगे दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह