
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि उच्च अंकले उकालो लागेको छ । नेप्से परिसूचक २ हजार १ सय विन्दुभन्दा माथि पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५ दशमलव ९८ विन्दुले उकालो लागेर २ हजार १ सय विन्दुभन्दा माथि पुगेको छ । नेप्से परिसूचक ४५ दशमलव ९८ विन्दुले उकालो लागेर २ हजार १ सय ६ मा पुगेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव शुन्य ५ अङ्कले उकालो लागेर ३ सय ९७ दशमलव ६९ मा पुगेको छ । कूल १ करोड ६४ लाख ५७ हजार १ सय ३८ कित्ता शेयर ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १ सय ७५ रुपैयाँमा खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । त्यो कम्पनीको ३७ करोड ४३ लाख ४८ हजार २ सय २ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सोल्टी होटलको २८ करोड ७३ लाख २४ हजार ३ सय ३१, सोनापुर मिनरल्सको १६ करोड ७१ लाख ४२ हजार ७ सय ५५, हाथवे इन्भेस्टमेन्टको १४ करोड २९ लाख ३० हजार ५ सय ८८ र घोराही सिमेन्टको १३ करोड ३० लाख ८६ हजार ३ सय ९८ रुपैयाँबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
विभिन्न १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिद्धार्थ इन्भेस्टम ग्रोथ स्किम दोस्रो ७ दशमलव २६, माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजना ४ दशमलव ९०, प्रभु बैंकको ऋणपत्र ३ दशमलव ८३, सानिमा बैंकको ऋणपत्र ३ दशमलव ७८ र पिपल्स पावरको लगानीकर्ताले ३ दशमलव १९ प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह