
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेलको शेयर खरिदबिक्री प्रकरणमा प्रधानमन्त्री जोडिन जरुरी नभएको बताउनुभएको छ ।
सभापति लामिछानेले मंगलबार राज्य व्यवस्था समिति बैठकमा दूरसञ्चार प्राधिकरणको क्षेत्राधिकारको विषयमा प्रधानमन्त्री नै किन तानिएको ? सरकारले किन समिति गठन गरेको ? भनी प्रश्न गर्नुभएको हो । ‘दूरसञ्चार प्राधिकरणको जुडिसरीमा परेको कुरालाई पनि प्रधानमन्त्रीलाई ड्र्याग गर्नुको कारण के हो ? प्रधानमन्त्री किन ड्र्याग भइरहेको यहाँ ?’ बैठकमा उहाँले भन्नुभयो ।
राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा लगायतलाई बोलाइएको थियो । सभापति लामिछानेले दूरसञ्चार प्राधिकरणलाई कानुनले दिएको अधिकार अनुसार काम गर्न नदिइएको बताउनुभयो ।
एनसेल बिक्री प्रकरणको अनुसन्धानका लागि मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा नियन्त्रक टंकमणि शर्माको अध्यक्षतामा समिति गठन गरेको छ । तर लामिछाने ले दूरसञ्चार क्षेत्रको नियामक निकायले गर्ने काममा समिति गठन गरेर सरकारले गलत गरेको उल्लेख गर्नुभयो ।
‘तपाई मातहतको प्राधिकरणको क्षेत्राधिकार हो कि होइन, कानुन पल्टाउनुस् सहयोग चाहिए भन्नुस्’ उहाँले सञ्चारमन्त्रीलाई भन्नुभयो – ‘हामीले सिष्टम बलियो बनाउनेतिर ध्यान दिएनौं भने हामी कोल्याप्समा जान्छौं । हरेक कुरामा समिति बनाउनुपर्ने, अविश्वासको वातावरण सिर्जना गर्नुपर्ने, सञ्चार मन्त्रालय अन्तर्गतको प्राधिकरणले गर्न कुन कानुनले रोक्यो ? दूरसञ्चारसम्बन्धी कानुनमा विदेशी लगानीको कम्पनी २५ वर्षपछि सरकारको मातहत आउने व्यवस्था छ । तर यस्ता कम्पनी २५ वर्ष पुग्न एक हप्ता बाँकी हुँदासम्म स्वामित्व हस्तान्तरण गर्न पाउने व्यवस्था कानुनमा राखिएको भन्दै रविले भने, ‘यो संशोधन गर्न हामी तयार हो कि होइन ?’
सभापति लामिछानेले एनसेल खरिदकर्तामा नेपालको राजनीतिक र प्रशासनिक संरचना तथा अदालतलाई प्रभाव पार्न सकिने आत्मविश्वास देखिएको समेत टिप्पणी गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह