
वीरगञ्ज । प्रहरीले पर्सामा करिब ९ हजार बोट गाँजा फाँडेको छ। प्रहरीले गाँजालाई लागुऔषध भन्दै फँडानी अभियान चलाएको हो ।
अभियानअन्तर्गत हालसम्म जिल्लाको विभिन्न स्थानमा करिब ९ हजारभन्दा बढी गाँजाको बोट फँडानी गरिएको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभएको छ ।
अभियानकै क्रममा पछिल्लो पटक पर्साको ठोरी गाउँपालिका–३ स्थित रामनगर तथा बुद्धनगर र पटेर्वासुगौली गाउँपालिका–४ र ५ स्थित देउरिया र डेकुलीमा स्थानीयवासीले अवैधरूपमा लगाएको ६ हजार गाँजाको बोट फँडानी गरी नष्ट गरिएको थियो ।
इलाका प्रहरी पटेर्वासुगौली, इलाका प्रहरी ठोरी, इलाका प्रहरी औडारबाट खटिएको संयुक्त प्रहरी टोलीले करिब ११ कट्ठा जग्गामा लगाएको गाँजा फँडानी गरिएको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो ।
यसअघि प्रहरी जिल्लाको पर्सागढी नगरपालिका–३ झबराहामा करिब डेढ बिघा जग्गामा लगाएको १२ हजार गाँजाको बोट र ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिकामा करिब १६ कट्ठा जग्गामा लगाइएको १८ हजार गाँजा फाँडेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह