
दाङ । लुम्बिनी प्रदेश सभामा ६ वटा विषयगत समितिको सभापतिको छनौंट निर्वाचन मार्फत् हुने भएको छ । प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनले आज सूचना जारी गरी यही पुस १७ गते निर्वाचनको मिति तय गरिएको जानकारी दिनुभयो ।
लुम्बिनीमा लामो समयदेखि विषयगत समितिले नेतृत्व पाउन सकेका थिएनन् । सचिव पुनका अनुसार प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि वन तथा वातावरण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समितिको निर्वाचन हुन लागेको हो ।
यसका लागि १६ गते उम्मेदवारी दर्ता हुने सचिव पुनले बताउनुभयो । ६ वटा समिति मध्ये सार्वजनिक लेखा समिति र कृषि, वन तथा वातावरण समिति प्रतिपक्ष दल एमालेलाई दिने सहमति भएको छ भने अन्य चार वटा समितिमा भने सत्तापक्ष दलले भागबण्डा गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह