
काठमाडौँ । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न सरकारले १ अर्ब रुपैयाँ रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकम मध्ये आज ९३ करोड सम्बन्धीत जिल्लामा पठाइएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भन्नुभयो, “हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो, हामीले आज तत्कालै ९३ करोड रुकम पठाएका छौँ, प्रभावितका लागि सरकारको प्राथमिकताअनुसार नै हामीले रकम पठाएका हौँ ।”
उहाँले यसअघि पनि सकेसम्म छिटो रकम निकासा गर्ने प्रयास प्राधिकरणले गरेको जानकारी दिनुभयो । यसअघि कोषमा जम्मा भएको रकम पठाइएकामा अहिले भने अर्थ मन्त्रालयबाट प्राप्त रकम जिल्लामा पठाइएको पनि उहाँले बताउनुभयो ।
उहाँका अनुसार अर्थबाट निकासा भएको यो रकम पहिलो हो । गत कात्तिक २७ को मन्त्रिपरिषद्को निर्णयले रु १० अर्ब पठाउने निर्णय गरेको थियो । सोहीअन्तर्गत अर्थले रु १ अर्ब भूकम्प पीडितका लागि निकासा गरेको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले निकासा भएको रकम जाजरकोटमा रु ५४ करोड, रुकुम पश्चिममा ३४ करोड र सल्यानमा ५ करोड पठाइएको बताउनुभयो । यसअघि प्राधिकरणले अस्थायी आवास निर्माणका लागि रु१ अर्ब ४१ करोड पठाइसकेको छ । यसबाट ती जिल्लामा अवास निर्माण जारी छ ।
पछिल्लो तथ्याङ्कअनुसार हालसम्म ६० हजार तीन सय ३७ लाभग्राही कायम भएका छन् । १५ हजार सम्झौता भएकामा पहिलो किस्तावापत ४ हजार ३ सय ६४ घर निर्माण भइसकेको छ । घर निर्माण र सम्झौता हुने क्रम दैनिक थपिरहेका जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह